हेटौंडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता आगामी भदौ ७ गतेबाट हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको कार्यसमिति बैठकले जिल्ला लिग फुटबल प्रतियोगिता भदौ ७ गतेबाट गर्ने निर्णय गरेको संघका महासचिव छवि सुवेदीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८०/८१ मा एन्फा मकवानपुरमा नवीकरण गरेका क्लबले जिल्ला लिग प्रतियोगितामा सहभागिता जनाउने महासचिव सुवेदीले बताउनुभयो । प्रतियोगितामा २८ वटा क्लबबाट ३५ वर्षभन्दा कम उमेर समूहका खेलाडीहरू सहभागी हुन पाउने उहाँले बताउनुभयो ।
बैठकले प्रतियोगिता दुईवटा खेलमैदानमा खेलाउने निर्णय गरेको छ । हेटौंडा-११, थानाभर्याङस्थित खेलमैदान र हेटौँडा-६ स्थित गौरिटा रंगशाला र हेटौँडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामध्ये दुईवटा खेलमैदानमा लिगका खेलहरू खेलाइने महासचिव सुवेदीले जानकारी दिनुभयो । जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमले असोज महिनामा हुने बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements