काठमाडौं । ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको खेजेनिम आसपास केन्द्रविन्दु भएर शनिबारर राति भूकम्प गएको हो ।
राति १० बजेर १३ मिनेट जाँदा ४.१ म्याग्निच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।







