काठमाडौं । बिबाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड-२०२४ को लागि आवेदन खुला गरिएको छ । बिहीबार राजधानीको कमलादीस्थित २५६ फिट उचाइको २२औं तल्लामा अवस्थित स्काई वाक टावरमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुला गरिएको जानकारी गराएको हो ।
सो अवसरमा आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको मिसेस नेपाल वर्ल्ड-२०२४ आगामी कात्तिक १० गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाकारी गराउनुभयो । यसका लागि आगामी भाद्र ८ गते नयाँबानेश्वस्थित अर्याल इन्टरनेशनल होटलमा पहिलो चरण्को अडिशन गरिने उहाँको भनाइ थियो । यसवर्ष पनि मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने झाले जानकारी गराउनुभयो ।
यसका साथसाथै, सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेतासमेत चयन गरिने बताइएको छ । ‘यसपटक हामी केही परिमार्जित र फरक किसिमले कार्यक्रम गर्ने छौं । जुन, महिला सशक्तिकरणका लागि उपलब्धिमुलक कार्यक्रम सावित हुनेछ,’ झाको भनाइ थियो ।
कार्यक्रममा मिसेस नेपाल वर्ल्ड-२०२३ तथा मिसेस वल्र्डकी हृयुम्यनेटेरियन अवार्ड-२०२३ विजेता पृथ्वीया थापाले यस प्रतियागिताले विवाहित र विभिन्न पेशामा आबद्ध महिलाईलाई थपमाथि उठ्ने मौका दिने बताउनुभयो । उहाँले मिसेस नेपाल वर्ल्ड-२०२३ को हैसियतले आफूले अमेरिकामा सम्पन्न मिसेस वल्र्डमा सहभागी भएर मिसेस हृयुम्यानेटेरियनको उपाधि जित्दाको अनुभव शेयर गर्दै मिसेस नेपाल वल्र्डमा सहभागी भएपश्चात आफूले विभिन्न संघ संस्थामा आबद्ध भई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको सुनाउनुभयो । त्यस्तै एमएस नेपाल-२०२३ सीता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्नका लागि मिसेस वर्ल्ड निकै उपयोगी मञ्च भएको जिकिर गर्नुभयो ।
प्रतियोगिताका कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस नेपाल वर्ल्डलाई यस पटक बृहत ढंगले आयोजना गर्न लागेको बताउनुभयो । प्रतियोगिताका सल्लाहकार तथा पत्रकार विदुर गिरीले मिसेस नेपाल वल्र्डले प्रत्येक वर्ष उचाइ लिइरहेको चर्चा गर्दै आगामी कार्यक्रमले थप उचाइ लियोस् भन्दै शुभकामना दिनुभयो । स्काई वाक टावरका प्रमुख कार्यकारी अधिकृत कविन्द्र श्रेष्ठले कार्यक्रममा जोडिन पाउँदा खुशी व्यक्त गर्नुभयो । सो अवसरमा स्काई भ्यु टावरको टुप्पोबाट मिसेस नेपाल वल्र्डको व्यानर प्रदर्शन गरिएको थियो ।
आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको छ । सम्राट शाह र रानी खरेलको संयोजनमा हुने प्रतियोगिताका लागि विभिन्न विधाका विज्ञहरूले प्रशिक्षण दिनेछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा