काठमाडौं । चलचित्र ‘पूजा सर’ विश्व प्रसिद्ध भेनिस फिल्म फेष्टिभलमा प्रिमियर हुने भएको छ । चलचित्रकी अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमार्फत प्रिमियरको जानकारी दिनुभएको हो । फेष्टिभलको ओरिजोन्टी खण्डको प्रतिस्पर्धामा चलचित्र छनौट भएको हो ।
दीपक रौनियार निर्देशक रहेको यो चलचित्रको यसअघि ‘राजागञ्ज’ र ‘स्काइ इज माइन’ नाम राखिएको थियोे । नेपाल पुलिसकी एउटी सशक्त इन्स्पेक्टरको कथामा बनेको चलचित्र पुलिस थ्रिलर जनरा बताइएको छ । जनकपुरमा छायांकन भएको चलचित्रमा सयौं व्यक्तिको अभिनय छ ।
चलचित्रमा आशा मगराती, दयाहाङ राई, निकिता चाण्डक, आरती मण्डल, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, नीरज श्रेष्ठ र पशुपति राईको अभिनय छ । चलचित्रको नेपाल प्रदर्शन मिति भने घोषणा हुन बाँकी छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts