काठमाडौं । भदौ ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘सतीदेवी’ ले महिला तथा बालिकामा समर्पित गरी फोटो प्रतियोगीता ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ । निर्माण टिमले मौलिकता झल्किने फिल्मको एउटा ग्रुप फोटो सार्वजनिक गर्दै सोही थिम अनुसारको फोटो पठाउन आहृवान गरेको हो ।
फोटोमा ‘सतीदेवी’की शीर्ष अभिनेत्री मलिका महत, सिर्जना अधिकारी, सुजिता शिवाकोटी र तीन बालिका कलाकार-हर्षिका वली, मञ्जिला बानियाँ र समृद्धि सेञ्चुरी घरको पिँढीमा लस्करै बसेर एकअर्काको ठुङ मारिरहेका छन् ।
प्रतियोगितामा सहभागी हुन परिवारका महिला सदस्यले सँगै बसेर ठुङ मार्दै गरेको एउटा फोटो खिचेर आफ्नो फेसबुक र इन्टाग्राममा ‘फिल्म ‘सतीदेवी’ ०७ भदौबाट प्रदर्शन हुँदैछ’ भन्ने क्याप्सन लेखेर पोष्ट गरी फेसबुक पेज ‘सतीदेवी नेपाली मुभी’ (सतीदेवी) मा ट्याग÷मेन्सन गर्ने र इन्बक्समा पठाउनुपर्ने छ । त्यसैगरी, ‘एडदरेट लक्षमनजी’ इन्टाग्राममा अनिवार्य ट्याग/मेन्सन गर्नुपर्ने छ ।
प्राप्त फोटोहरूमध्ये प्रथम स्थान हासिल गर्ने एउटा फोटोलाई २० हजार, दोस्रोलाई १०, हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार अनलाइनमार्फत प्रदान गरिने निर्माण कम्पनी दिलासा क्रियसनले जनाएको छ ।
फोटो पठाउने अवधि साउन ३१ गते रातिसम्म तोकिएको छ भने फोटो प्रतियोगिताको निर्णय ०३ भदौमा हुने र बिजेतालाई सोही दिन नगद पुरस्कार उपलब्ध गराइने बताइएको छ । फिल्म नारी प्रधान कथामा भएको तथा नारीहरूको महान् पर्व तीज नजिकिरहेकाले उहाँहरूको सम्मानमा यो प्रतियोगिता आयोजना गरिएको निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीले बताउनुभयो ।
‘सतीदेवी’ पूर्णरूपले छोरी, नारी प्रधान कथामा छ । त्यसकारण उहाँहरूको सम्मान तथा अधिक सहभागिताका लागि यो प्रतियोगीता गरेका हौं,’ निर्देशक सुवेदीले भन्नुभयो । प्रदर्शनपूर्व नै विभिन्न उत्कृष्ट अवार्ड जितिसकेको ‘सतीदेवी’ निरन्तर चर्चामा छ ।
मलिकाका साथमा कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बु, भोला सापकोटा, सुजिता शिवाकोटी, मनिषा सापकोटा, बालिका कलाकार हर्षिका वली, मञ्जिला बानियाँलगायतको अभिनय रहेको चलचित्रले सेन्सर तथा विशेष शोहरूबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts