काठमाडौं । एभरेष्ट बैंकले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट-एक्स) सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागू गर्ने सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एसबी सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्राले हस्ताक्षर गर्नुभएको हो ।
उक्त प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्यांकन, कर्जाका कागजात र कर्जा स्वीकृति प्रक्रिया स्वचालित र डिजिटाइज गर्न मद्दत गर्नेछ । प्रणालीको परिचयसँगै बैंकहरूले कागजमा निर्भर कर्जा प्रवाह प्रतिस्थापन गर्न सक्नेछन् साथै ग्राहकसम्बन्धी जोखिम मापदण्डहरू प्रणालीभित्रै निगरानी गरेर कर्जा जोखिम न्यून गर्न सक्षम हुनुका साथै छिटो कर्जा स्वीकृति प्रक्रियामा सहयोग हुने बैंकले जनाएको छ ।
एसबी सोलुसन्स प्रालिले फिनटेक र बैंकिङ उत्पादन तथा प्रक्रियाहरूको कर्जा डिजिटाइजेसन र स्वचालनमा काम गर्दै आएको छ । जसमा क्रेडिट स्वचालन प्रणाली (क्रेडिट-एक्स), अनलाइन कर्जा योग्यता, इन्टा लोन, पेडे लोन, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, बिक्रेता व्यवस्थापन प्रणाली, व्यवसाय बैंकिङ प्रणाली र ग्यारेन्टीको स्वचालन, मेमो व्यवस्थापन प्रणाली, बजेट व्यवस्थापन प्रणाली र मोबाइल अनुप्रयोगलगायतका उत्पादनको चयन गरिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts