काठमाडौं । यही साउन १८ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘मोदीबेनी’को टिम पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आयोजित एक महिने कोटिहोम महायज्ञमा सहभागी भएको छ । ‘मोदीबेनी’ रिलिजको सम्मुखमा आशिर्वाद लिनका लागि महायज्ञमा सहभागी भएको निर्माणपक्षले जनाएको छ । ‘मोदीबेनी’को सफलताका लागि कामना गर्न अभिनेत्री वर्षा सिवाकोटी, अमरप्रताप श्रेष्ठ, कमलमणि नेपाल, दीपेन्द्र गौतम, लेखक आनन्दविक्रम क्षेत्री, निर्माता हरि श्रेष्ठलगायतको टिम कोटिहोम महायज्ञमा सहभागी हुनुभएको थियो ।
मानव सेवा फाउण्डेशनको प्रमुख आयोजनामा आयोजित महायज्ञमा आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजासहित महायज्ञ आयोजनास्थल पुर्याएको थियो । कार्यक्रममा कलाकार कमलमणि नेपालले महायज्ञमा उपस्थितलाई सम्बोधन गर्दै आफूले अभिनय गरेको चलचित्रलाई आशिर्वाद लिन आएको बताउनुभयो । सो अवसरमा नेपालले एक भजन गाउँदै उपस्थितलाई भक्ति भावलाई झुमाउनुभएको थियो । महायज्ञमा सहभागी अभिनेता अमरप्रताप श्रेष्ठले आफूले पहिलोपटक अभिनय गरेको चलचित्रलाई सफल बनाउन आफूले प्रार्थना गरेको बताउनुभयो ।
शंकर कोइराला निर्देशित चलचित्रमा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतमलगायतको अभिनय छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहनुभएको छ । चलचित्रमा आनन्दविक्रम क्षेत्रीको लेखन, उत्सव दाहालको छायांकन र भरत रेग्मीको सम्पादन छ । चलचित्रलाई ऋच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यकाबाहिर वितरण गर्दैछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts