काठमाडौं । पेशाले इञ्जिनियर रमेश शिवशंकर नेपाली गीतसंगीतको फाँटमा पनि उत्तिकै सक्रिय रूपमा लागिपर्नुभएको छ । उहाँ एक सफल इञ्जिनियरसँगै संगीत निर्माताको सूचीमा अग्रपंक्तिमा आफूलाई राख्दै आउनुभएको छ । विक्रम संवत २०४४ वैशाख १८ मा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका-११, पात्लेखेतमा जन्मिनुभएका रमेशले प्रारम्भिक शिक्षा धुलिखेलकै सञ्जीवनी उच्च माध्यमिक विद्यालयबाट हासिल गनुेभयो । विसं २०६३ मा एसएलसी उत्तीर्ण गरेपछि, उहाँ इञ्जिनियरिङ र संगीतका क्षेत्रमा बढी आकर्षित हुनुभयो ।
थप अध्ययनका लागि ललितपुरस्थित पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा भर्ना हुनुभउको उहाँले त्यहाँबाट विसं २०७१ मा इञ्जिनियरिङ पूरा गर्नुभयो अध्ययनसँगै, संगीतप्रतिको लगावले उहाँलाई यस क्षेत्रमा पनि उचाइमा पुर्याएको छ ।
उहाँले निर्माण र उत्पादन गरेको पहिलो गीत ‘मुटु बिझाउने’ हो, जुन विसं २०६६/६७ मा धेरैको मन पराएका थिए । हालसम्म, उहाँले दुई सयभन्दा बढी गीतहरू उत्पादन गरिसक्नु भएको छ । जसमध्ये प्रायः सबै गीत सफल र उत्कृष्ट छन् । उहाँका धेरै मन पराइएका गीतमा ‘मुर्छा परी छेउमै ढल्दा नि, सानै छ उमेर, फेसबुकमा, सेल्फी खिचिन्छ, तेत्तीस किलो सुन, गर्छु माया गर्छु, माइतीघर, काभ्रेमा घर छ, साली भेना, ड्राइभर दाइ, भट्टी पसल, फुरफुर पुतली’लगायतका रहेको छन् ।
शिवशंकर आफ्नो पेशागत जीवनमा मात्र होइन, विभिन्न सामाजिक संस्थाहरूमा पनि सक्रियतापूर्वक संलग्न रहँदै आउनुभएको छ । उहाँले समाजसेवाका विविध पक्षहरूमा महत्वपूर्ण योगदान पुर्याएनुभएको छ । जसका लागि उहाँ धेरैपटक अभिनन्दित, पुरस्कृत र विभिन्न सम्मान तथा अवार्डहरूद्वारा सम्मानित हुनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता