काठमाडौं । सुमी पराजुलीको स्वरमा रहेको गीत ‘लुकामारी’ सार्वजनिक भएको छ । मीन सागरको शब्द, रेखा पौडेलको संगीत र सन्तोष प्रगाडको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । दिपेश एस.केको कोरियोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको निर्देशन तथा सम्पादन छ ।
भिडियोमा गायिका पराजुली आफैंले अभिनय गर्नुभएको छ । गीतको भिडियो गायिका पराजुलीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायिका पराजुलीका यसअघिको गीत ‘चुम्मा चपक्कै’ले २०८०/८१ मा तीनवटा वर्षको सर्वोत्कृष्ट लोक पप गायन महिला अवार्ड पाउन सफल भएको थियो ।






