
न्योन । युरोकपको उपाधि समारोहमा जिब्राल्टरमाथि सार्वभौमिकताको दाबी गरेको भन्दै युइएफएले स्पेनका कप्तान अल्भारो मोराटा र प्लेयर अफ द टुर्नामेन्ट रोड्रीविरुद्ध अनुशासनको कारबाही प्रक्रिया सुरु गरेको छ । युरोकपको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराएपछि मोराटा र रोड्रीले सोमबार म्याड्रिडमा आयोजित एक समारोहमा ‘जिब्राल्टर इज स्पेनिस’ गीत गाउनुभएको थियो ।
स्पेनको दक्षिणी टुप्पोमा रहेको जिब्राल्टर ३०० वर्षभन्दा बढी समयदेखि बेलायतको उपनिवेशमा रहेको छ । जिब्राल्टर फुटबल फेडेरेसनले युइएफएमा औपचारिक उजुरी दर्ता गरेको छ । युइएफएले सेप्टेम्बरमा हुने नेसन्स लिगमा यी खेलाडीलाई निलम्बन गर्न सक्नेछ ।
जर्मनीमा भएको युरोकपमा युइएफएले अल्बानियाका खेलाडी मिरलिन्ड डाकुलाई सर्बिया र नर्थ म्यासेडोनियाविरुद्ध राष्ट्रवादी नारा लगाएपछि दुई खेलका लागि प्रतिबन्ध लगाएको थियो । मोराटा शुक्रबार एट्लेटिको म्याड्रिडबाट एसी मिलानमा अनुबन्ध हुनुभएको छ । रोड्रीले म्यानचेस्टर सिटीबाट खेल्नुहुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच