वासिङ्टन । चार पटकका च्याम्पियन राफेल नाडाल युएस ओपनका लागि सार्वजनिक गरिएको मुख्य ड्र प्रवेश सूचीमा पर्नुभएको छ । ३८ वर्षीय स्पेनी खेलाडीले अगस्ट २६ देखि सुरु हुने प्रतियोगितामा कोर्ट उत्रने गरी नवौँ वरीयता प्राप्त गर्नुभएको हो । २२ पटकका ग्राण्डस्लाम विजेता नाडालले मंगलबार नर्डिया ओपनमा लियो बोर्गलाई ६-३, ६-४ को सेटमा पराजित गर्दै मे २७ पछि पहिलो एकल खेल खेल्नुभएको थियो ।
पेरिसमा भएको रेड क्लेमा एलेक्जेण्डर ज्वेरेभसँग पहिलो राउण्डमा पराजित भएयता नाडालले खेल्नुभएको थिएन । सन् २०१९ मा न्युयोर्कको हार्डकोर्टमा चौथो पटक उपाधि जितेपछि नाडालले २०२२ मा एक पटक मात्र युएस ओपन खेल्नुभएको थियो । उहाँ १४ खेलाडीमध्ये एक हुनुहुन्थ्यो, जसले संरक्षित वरीयताका साथ मुख्य ड्रमा स्थान बनाउनुभएको थियो । नाडालले सन् २०१० मा युएस ओपन जितेर करियरको ग्राण्डस्लाम पूरा गर्नुभएको थियो । उहाँले सन् २०१३, २०१७ र २०१९ मा युएस ओपनको उपाधि थाप्नुभएको थियो । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता