लण्डन । गणतन्त्रकी बारबोरा क्रेजिकोवा पहिलोपटक विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ च्याम्पियन बन्नुभएको छ । लण्डनस्थित सेन्ट्रल कोर्टमा शनिबार क्रेजिकोवाले इटालीकी जास्मिन पाओलिनीलाई २-१ सेटमा हराउँदै पहिलोपटक उपाधि जित्नुभएको हो ।
पहिलो सेट ६-२ ले आफ्नो पक्षमा पार्नुभएकी क्रेजिकोवाले दोस्रो सेट २-६ ले गुमाउनुभएको थियो । तेस्रो तथा निर्णायक सेटमा ६-४ ले विजयी हुँदै क्रेजिकोवा च्याम्पियन बन्नुभयो । क्रेजिकोवाको समग्रमा भने यो दोस्रो एकल ग्राण्डस्लाम उपाधि हो ।
यसअघि उहाँ सन् २०२१ मा फ्रेन्च ओपन च्याम्पियन बन्नुभएको थियो । यस्तै क्रेजिकोवाले सन् २०२१ र २०२२ मा महिला युगलतर्फको विम्बल्डन उपाधि जित्नुभएको थियो । यता पाओलिनीको भने लगातार दोस्रो ग्राण्डस्लाम फाइनल पराजय हो । उहाँ फ्रेन्च ओपनको फाइनलमा पनि इगा स्वायटेकसँग पराजित हुनुभएको थियो । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता