
म्यानचेस्टर । मिडफिल्डर टोबी कोलेयरले म्यानचेस्टर युनाइटेडसँग नयाँ सम्झौता गर्नुभएको छ । २० वर्षीय कोलेयरले तीन वर्षको नयाँ सम्झौता गर्नुभएको हो । यो सम्झौतासँगै कोलेयर सन् २०२७ सम्म ओल्ड ट्राफोर्डमा रहनुहुनेछ ।
उहाँलाई थप एक वर्ष सम्झौता थप्ने विकल्प दिइएको छ । ‘नयाँ सम्झौता क्लबमा सामेल भएदेखि उहाँले गरेको प्रयासका लागि इनाम हो,’ युनाइटेडको विज्ञप्तिमा भनिएको छ । कोलेयर सन् २०२२ मा ब्राइटनबाट युनाइटेडमा आबद्ध हुनुभएको थियो । उहाँले गत सिजन प्रिमियर लिगमा सात खेल खेल्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच