काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल राष्ट्र बैंकसमक्ष विद्यमान अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि भन्दै आगामी मौद्रिक नीतिमा विभिन्न सातबुँदे सुझाव दिएको छ । पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनलाई बैँकबाट हायर पर्चेज लोन प्रवाह प्रक्रियामा लोन टु भ्यालु रेसियो ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याउनुपर्ने, पेट्रोल, डिजेल र विद्युतीय शक्तिबाट चल्ने निजी प्रयोजन र व्यावसायिक महत्वका सवारीसाधनलाई स्पष्ट रूपमा छुट्याई सोही अनुरूप बैंक लगानी गर्न सहजीकरण गरिदिनुपर्ने सुझाव रहेका छन् ।
हायर पर्चेज लोन प्रवाह प्रक्रियामा लोन टु भ्यालु रेसियो ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याउनुपर्ने, पेट्रोलियम र विद्युतीय निजी प्रयोजन र व्यावसायिक सवारीसाधनलाई स्पष्ट रूपमा छुट्याई सोही अनुरूप बैंक लगानी गर्न सहजीकरण गरिनुपर्ने सुझाव रहेका छन् ।
त्यस्तै चालु पुँजी कर्जा मार्गदर्शन २०७९ लागू भएपछि विभिन्न चरणमा नेपाल राष्ट्र बैंकले सच्याउँदै पनि आएको भए पनि अझै व्यवसायीलाई समस्यामा पारेकोले उक्त व्यवस्था लागू भएको मितिपछि कर्जा लिएकालाई मात्रै चालु पुँजी कर्जा मार्गदर्शन २०७९ लागू हुने गरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्या समाधान हुने, कालोसूचीमा परेका व्यक्तिहरूले पनि अन्य बैँकबाट कारोबार गरिरहेको देखिएकाले कालोसूचीमा परेका व्यक्ति वा कम्पनीमाथिको कारबाहीमा कडाइ गरिनुपर्ने सुझाव रहेका छन् ।
घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यले प्रयोग गर्ने अर्थात् दम्पतीले सवारीसाधनका रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने अर्थात् घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनुपर्ने र राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने निजी र व्यावसायिक सवारीसाधन छट्याउनुपर्नेलगायतका सुझाव रहेका छन् ।
अटोमोबाइल क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाखौंलाई रोजगार प्रदान गरी राष्ट्रिय विकासमा महत्वपूर्ण टेवा पुर्याउँदै आएको छ । नाडाका अनुसार अटोमोबाइल क्षेत्रमा आर्थिक सुस्ततासँगै अटोमैत्री नीति अभावका कारण सम्पूर्ण क्षेत्र नै संकटमा परिरहँदा समग्र अटोमोबाइल बजारमा ६८ प्रतिशत गिरावट देखिएको छ भने हाल १४ प्रतिशतमात्रै कुल गार्हथ्य उत्पादन(जिडिपी)मा मा योगदान गरेको छ, विगतमा २१ प्रतिशतसम्मको योगदान थियो । नाडा अध्यक्ष करण चौधरीले अटोमोबाइलमैत्री मौद्रिक नीतिमा जोड दिनुभएको छ ।
विद्युतीय सवारीसाधनमा नीतिगतस्तरमा भएको लचकताको स्वागत गदै उहाँले समग्र अटो व्यवसायमैत्री मौद्रिक नीतिको आवश्यकता रहेको बताउनुभएको छ । आगामी नीतिमा सुधार हुन नसकेमा अटोमोबाइल व्यवसायी पलायनको अवस्था आउन सक्ने उहाँको भनाइ छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा