पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीय स्थल बसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण गर्न थालेको छ । गाउँपालिकाले वडा नम्बर ४ चापोट जनजाति संग्राहलयदेखि बसन्तापखोरसम्म पुर्‍याउने गरि पदमार्ग निर्माण सुरु गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्षबाट पर्यटन प्रवर्द्धनका लागि पदमार्ग निर्माण गर्न थालेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताउनुभयो ।

उपाध्यक्ष थापाले प्रचारप्रचारको अभावमा ओझेलमा परेको बसन्तापखोरको प्रचारप्रसार गरि पर्यटकीय स्थलका रुपमा विकास गर्न पदमार्ग निर्माण थालिएको बताउनुभयो । उहाँले धेरै संभावना भएको ठाउँ भए पनि वर्षौँदेखि ओझेलिएको हुँदा पालिकाले यस वर्ष थोरै बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण गर्न थालेको बताउनुहुन्छ ।

उपाध्यक्ष थापा भन्नुहुन्छ- “पदमार्गले दुई वटा गन्तव्यलाई जोड्ने छ, तल जनजाति संग्राहलय छ, शिरमा बसन्तापखोर छ, यसले संस्कृति र पर्यटकीय गन्तव्यलाई जोड्ने हुँदा भविष्यमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने छ भन्ने लागेको छ, अहिले पदमार्ग निर्माणको सुरुवाति चरणमा छौँ, निरन्तर बजेट व्यस्थापन गर्दै जाने र पद मार्गलाई पूर्णता दिने छौँ ।”

ADVERTISEMENT

यस वर्ष गाउँपालिकाले विनियोजन गरेको दुई लाख रुपैयाँबाट पद मार्ग निर्माण थालिएको काठेखोला गाउँपालिका-४ का अध्यक्ष लक्ष्मण पुनले बताउनुभयो । पुनले यस वर्ष करिब दुई सय मिटर ढलानसहितको पदमार्ग निर्माण गरेको जानकारी दिनुभयो । जनजाति संग्राहलयदेखि करिब १२ सय मिटरको दूरीमा रहेको बसन्तापखोरसम्म पदमार्ग निर्माणका लागि थोरै-थोरै बजेट विनियोजन गरेर केही वर्षमै यसले पूर्णता पाउने अध्यक्ष पुनले बताउनुभयो ।

“यस वर्ष बजेट निकै थोरै थियो, धेरै काम गर्न नसके पनि सुरुवात गरेका छौँ, केही वर्षमा यसले पूर्णता पाउँछ, चापोटदेखि बसन्तापखोरसम्म पुग्न एक घण्टा पदैल यात्रा गर्नु पर्छ,” वडा अध्यक्ष पुनले भन्नुभयो- “पदमार्ग निर्माणपछि बसन्तापखोरसम्म पुग्न धेरै सहज हुनेछ, यसले पर्यटन प्रवर्द्धन गर्न ठूलो टेवा पुर्‍याउने अपेक्षा गरेका छौँ ।”

गाउँमा साँघुरो गोरेटो हुँदा स्थानीय तथा बालबालिका जोखिम मोलेर हिड्ने गरेको भन्दै पदमार्गले सहज गराउने उहाँको भनाई छ । गाउँका बाटाघाटालाई समेत आफूहरुले व्यवस्थित बनाउन थालेको पुनको भनाई छ । बसन्तापखोर उच्च पहाडमा भएको हुँदा यहाँबाट दर्जनौँ हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ भने बागलुङलगायतका धेरै ठाउँहरु देख्न सकिन्छ । यस ठाउँमा शौचालय, खानेपानीलगायतको व्यवस्थापन गाउँपालिकाले गरेको अध्यक्ष पुनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज