पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । पाल्पालाई ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । १६ देखी ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र लगाउनुपर्ने सबै खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषण गरिएको हो ।

विहीबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । प्रदेश खोप समन्वय समिति लुम्बिनी प्रदेशका सदस्य सचिव विनोद कुमार गिरिले खोप समन्वय समिति पाल्पाका संयोजक टंकनाथ खनाल र सदस्य सचिव राजेन्द्र गिरिलाई पुर्णखोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेसँगै पाल्पा जिल्ला विधिवतरुपमा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा भएको हो ।
१० स्थानीय तहका ८१ वडाका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको स्वास्थ्य कार्यालय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव डा. राजेन्द्र गिरीले बताउनुभयो ।

जिल्ला खोप समन्वय समितिले अनुगमन गरी वडा हुँदै पालिका र जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पूरा गर्नुपर्ने हुन्छ । जिल्लाका दशवटै स्थानीय तहहरुले पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिसकेकाले सोहि प्रावधान बमोजिम जिल्लालाई पनि घोषणा गरिएको कार्यालय डा. गिरीको भनाइ छ । पाल्पालाई यस अघि २०७० साल फागुन १३ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ ।

घोषणासँगै प्रतिनिधि सभा सदस्य एवं पाल्पा क्षेत्र नं. १ का सांसद ठाकुुर गैरे, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री वीरबहादुर राना, लुम्बिनी प्रदेशसभा सदस्य खेम बहादुर सारु, पालिकाका प्रमुख लगायतले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

ADVERTISEMENT

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज