नयाँदिल्ली । भारतको कानुन कार्यान्वयन गराउने निकाय प्रवर्तन निर्देशनालय (ईडी)ले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजसँग सुकेश चन्द्रशेखरसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा बुधबार सोधपुछका लागि बोलाएको छ । ज्याकलिनसँग यसअघि पनि सोधपुछ भइसकेको थियो । यो मामिला फोर्टिस हेल्थकेयरका पूर्वप्रमोटर शिवेन्द्र मोहन सिंहकी पत्नी अदिति सिंहसहित उच्च प्रोफाइलका व्यक्तिहरूबाट करिब २०० करोडको ठगीसँग सम्बन्धित छ ।
ईडीको आरोप अनुसार धोखाधडीमार्फत कमाएको अवैध धन ज्याकलिनका लागि उपहार किन्न प्रयोग गरिएको छ । सन् २०२२ मा दायर गरिएको आरोप पत्रमा ज्याकलिनलाई चन्द्र शेखरको आपराधिक पृष्ठभूमिबारे थाहा हुँदाहुँदै पनि चन्द्रशेखरले दिएका बहुमूल्य वस्तु, गहना र महँगा उपहार लिएको भनेर भनिएको छ ।
यस मामिलामा अहिलेसम्म ज्याकलिनसँग कम्तिमा पाँच पटक सोधपुछ भइसकेको छ । तर, हरेकपटक अभिनेत्रीले आफू निर्दोष भएको र चन्द्रशेखरको कथित आपराधिक गतिविधिबारे आफूलाई जानकारी नभएको बताउँदै आउनुभएको छ । श्रीलंकाली मूलकी ३८ वर्षीया यी अभिनेत्री छिट्टै ‘फतेह’ नामको चलचित्रमा देखिँदै हुनुहुन्छ । यस चलचित्रमा उहाँको साथमा सोनु सुद पनि हुनुहुन्छ । यसबाहेक उहाँ चलचित्र ‘वेलकम टु द जंगल’मा पनि देखिँदै हुनुहुन्छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts