
काठमाडौं। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असार २८ गते लिने विश्वासको मतका बारेमा छलफल भइरहेको बताइएको छ।
संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित नयाँ सत्तासमीकरण बनाउने सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।
कांग्रेस-एमालेबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएको छ। सहमतिअनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यसपछि चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ।
सत्तामा साझेदारा दल नेकपा एमाले र अशोक राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएको प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत लिन लाग्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच