कालीकोटमा ४९ हजार ९ सय बढीले लगाए टाइफाईड रोगविरुद्धको खोप

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । कालीकोट जिल्लामा सञ्चालन गरिएको टाइफाईड रोग विरुद्धको खोप ४९ हजार ९ सय ६ जना नागरिकले लगाएका छन् । नौ पालिकामा सञ्चालन गरिएको खोप अभियानका क्रममा १८ वर्षदेखि ४५ वर्ष उमेर समुहका नागरिकलाई खोप लगाइएको हो ।

यहीँ पुस १२ गते देखि १८ गतेसम्म सञ्चालन भएको खोप अभियानमा १५ वर्ष देखि माथि ४५ वर्ष उमेर समुहकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । अभियान पुस १८ गते बुधबार सकिएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटकाअनुसार कालीकोटको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकामा १० हजार १२ जना जम्मा लक्षित संख्याको ७ हजार ७ सय १९ जनालाई खोप लगाइएको छ ।

रास्कोट नगरपालिकामा ७ हजार ४ सय ८१ लक्षित संख्यामा ७ हजार ३ सय ७४, तिलागुफा नगरपालिकामा लक्षित संख्याको ६ हजार २ सय ९२ मध्ये ५ हजार ८ सय ३९ जना, पचालझरना गाउँपालिकामा ५ हजार ८ सय लक्षित संख्या मध्ये ४ हजार ७ सय ६८ जना नागरिकले खोप लगाएका छन् ।

यसैगरी सान्नीत्रिवेणी गाउँपालिकामा ५ हजार ५ सय लक्षित संख्या मध्ये ५ हजार ९८ जना, नरहरीनाथ गाउँपालिकामा ९ हजार ५ सय ९२ लक्षित संख्या मध्ये ७ हजार ८ सय ८६ जनाले खाप लगाएका छन् । यस्तै शुभकालिका गाउँपालिकामा ५ हजार ७ सय लक्षित संख्या मध्ये ४ हजार ५ सय २६ जना, महाबै गाउँपालिकामा २६ सय ६ जना लक्षित संख्याको २ हजार ५ सय ५५ जनाले खोप लगाएका छन् भने पलाँता गाउँपालिकामा ४ हजार ५ सय लक्षित संख्याको ४ हजार १ सय ४१ जनाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालय कालीकोटको तथ्यांकमा उल्लेख गरिएको छ ।

नौ वटै स्थानीय तहको सन्दर्भमा हेर्ने हो भने जिल्लाको नरहरीनाथ गाउँपालिकामा टाइफाईड रोग विरुद्धको खोप लगाउने नागरिकको संख्या बढी छ । तर प्रगति प्रतिशत हेर्ने हो भने जिल्लाको रास्कोट नगरपालिकको बढी देखिन्छ । नरहरीनाथको प्रगति प्रतिशत ८२.२१ छ भने रास्कोट नगरपालिकाको ९८ दशमलव ५७ रहेको छ । प्रगति प्रतिशतमा रास्कोट नगरपालिका पहिलो हो भने महाबै गाउँपालिका दोस्रो रहेको छ ।

दूषित खानेपानी र दिशा पिसाब गरिसके पछि साबुन पानीले हात नधोई खाने बानी बालबालिकामा बढि हुने भएकाले यो रोगबाट बढिमात्रामा बालबालिका प्रभावित हुने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. संकेत विश्वकर्माले बताउनुभयो ।

ADVERTISEMENT

नौ वटा स्थानीय तह रहेको कालीकोटमा पहिलो चरणमा जिल्लाको तिलागुफा नगरपालिका, नरहरीनाथ गाउँपालिका, महाबै गाउँपालिका र पलाँता गाउँपालिकामा खोप लगाइएको थियो । त्यसपछि दोस्रो चरणमा बाँकी रहेका पालिका पचालझरना, सान्नी त्रिवेणी, रास्कोट, खाँडाचक्र शुभकालिकामा १६ गतेदेखि १८ गतेसम्म खोप अभियान सञ्चालन गरिएको सूचना अधिकारी कटक महतले जानकारी दिनुभयो ।

बुधबार स्वास्थ्य सेवा कार्यालय कालीकोटले नौ वटै स्थानीय तहमा लगाइएको खोपको तथ्यांक सार्वजनिक गरेको थियो । कार्यालयका अनुसार राम्ररी पकाएको खाना मात्रै खाने र खानेकुरा छोपेर राख्ने, बासी सडेगलेको र झिङ्गा भन्केको खाना नखाने, सफा र सुरक्षित पिउने पानीको मात्र प्रयोग गर्ने गरि यो रोगबाट बाँच्न सकिनेसमेत जानकारी दिएको छ ।

हेर्नुहोस खोप लगाइएको पालिका र तथ्यांक:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज