काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त हुनुभएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई सोही मितिबाट लागू हुने गरी बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।
नवनियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिब साढे तीन दशकको अनुभव रहेको छ । शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण पदमा रही कार्यकुशलता प्रदर्शन गरिसक्नुभएको छ ।
वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिङ करिअर सुरु गर्नुभएका ज्ञवालीसँग नेपालका ठूला दुई वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यसम्पादन गरेको अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापनमा स्नातकोत्तर उहाँ यसअघि पनि बैंकको सञ्चालकमा रहिसक्नुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts