
वासिङ्टन डिसी । अर्जेन्टिनी कप्तान लिओनल मेसीले कोपा अमेरिकाअन्तर्गत क्यानडाविरुद्ध हुने सेमिफाइनल खेल खेल्ने हुनुभएको छ । उहाँ गत जुन २५ मा चिलीविरुद्धको समूह चरणको जितपछि दाहिने खुट्टाको समस्यासँग जुधिरहनुभएको छ । त्यसको चार दिनपछि गत बिहीबार इक्वेडरविरुद्ध क्वाटरफाइनलमा पूरै खेल खेल्नुभएको थियो । ‘लियोको स्थिति राम्रो छ ।’ न्यूजर्सीको इस्ट रदरफोर्डस्थित मेटलाइफ स्टेडियममा सोमबार अल्बिसेलेस्टेका प्रशिक्षक लियोनल स्कालोनीले भन्नुभयो, उनले बुधबार खेल्नेछन् ।’
३७ वर्षको उमेरमा मेसीले कोपा अमेरिकामा १३ गोल गरिसक्नुभएको छ । अर्जेन्टिनाका नोबर्टो मेन्डेज र ब्राजिलका जिजिनोको नाममा रहेको कीर्तिमानभन्दा उहाँ चार गोलले पछि हुनुहुन्छ । अर्जेन्टिना सन् २०२१ को कोपा अमेरिका र सन् २०२२ को विश्वकपपछि तेस्रो ठूलो उपाधि जित्ने र सन् २००८ र २०१२ मा युरोकप जितेको स्पेनको कीर्तिमानी बराबरी गर्ने लक्ष्यमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच