काठमाडौं । नेपाल खेलकुद महासंघ काठमाडौं जिल्लामा नयाँ कार्यसमिति चयन भएको छ । महासंघ काठमाडौंको दोस्रो अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।
अध्यक्षमा राजेश्वरमान स्थापित, उपाध्यक्षमा हिरा सिंह डंगोल, सचिवमा सुरेन्द्रकुमार दाहाल, उपसचिव दशरथ लामा, उपसचिवमा गोपाल डंगोल र कोषाध्यक्षमा केमश सिंह रहनुभएको छ । अधिवेशनबाट सदस्यसहित २६ सदस्यीय कार्यसमिति चयन गरिएको नवनिर्वाचित कोषाध्यक्ष सिंहले बताउनुभयो ।






