काठमाडौं । बिन्दबासिनी क्रियसनद्वारा निर्मित चलचित्र ‘फिरफिर फिरिरी’को पोष्टर सार्वजनिक गरिएको छ । मनोजकुमार अधिकारी निर्माता रहेको यो चलचित्रलाई नवीन भट्टले निर्देशन गर्नुभएको हो । पोस्टरमा चारजना पात्रहरूलाई देखाईएको छ । रातिको समयमा एकजना पात्रको हातमा केही बस्तु हुन्छ र बाँकी तीनजनाले टर्च लाइट बालेर अचम्म हुँदै हेरिरहेका छन् ।
चलचित्रको नाम पहेलो रंग ले हाइलाइट गरिएको छ जसमा स्लोगान ‘आज साईकल.. भोलि फरारी’ लेखिएको छ । चलिआएको भन्दा नयाँ किसिमको पोष्टर सार्बजनिक गरिएको चलचित्रमा शंकर सेढाई, मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, रविना केसी, भावना उप्रेतिलगायत कलाकारेको अभिनय छ । चलचित्र हाँस्यात्मक विधामा रहेको निर्माणपक्षले जनाएको छ । चलचित्रको छायांकार जितु तमाङ रहनुभएको छ ।






