
कुनै एक भाषामा लेखिएको विषयवस्तुलाई अर्को भाषामा रूपान्तर गर्ने काम अनुवाद हो । ‘अनुु+वाद’ अनुवाद, यो संस्कृतबाट आएको तत्सम रूप हो । जसको आसय उल्था, भाषान्तर वा भाषाको रूपान्तर भनेर बुुझिन्छ । विवेचकहरू भन्छन्, ‘ज्ञातलाई ज्ञान बनाउने कला अनुवाद हो’ । शताब्दी पुरुष भनेर चिनिएका स्व.सत्यमोहन जोशीले भनेका छन् ‘अनुुवादक र स्रष्टाबीच अनुवाद कर्म गर्दा सञ्चारको जरुरी छ’ । प्रा.डा.अभिसुवेदीको अनुुभवमा ‘अनुवाद भनेको शब्दको मात्र होइन मानवीयताकै अनुवाद हो’ । खास गरेर अनुवादमा भाषिक, सांस्कृतिक र व्याकरणिक हाँकलाई सामना गर्नुुपर्ने कुरा अनुुभवीहरूको तर्क छ, किनकि कयौँ अनुुदित ग्रन्थहरू आवरण मात्रका हुन्छन् तर आत्मा भने हुुँदैन । संस्कृत नेपाली भाषाकै जननी हुँदा अनुवादमा धेरै समस्या भने देखिँदैन ।
यसै क्रममा आजको विषयवस्तुु अद्वैत वेदान्तका प्रकाण्ड दर्शनशास्त्री, तन्त्र, शास्त्रका धुरन्धर प्रतिभा र संस्कृत साहित्याकाशका चम्किला नक्षत्र आदि जगद्गुुरु शंकराचार्यको चर्चित शतश्लोकी स्तुुति-काव्य ‘सौन्दर्यलहरी’ को सम छन्द सुुन्दर (शिखरिणी) नेपाली भाषामा कविशेखर मुकुन्द शर्माद्वारा सार्थक भावानुवाद गरिएको कृतिबारे छोटो टिप्पणीतिर लागौँ ।
काव्यिक सुुधारस, सघन आलङ्कारिकता, भक्तिरसको महासागर र तन्त्रमन्त्रद्वारा संबलित आद्य शङ्करचार्यको संस्कृत भाषामा लेखिएको यो काव्य नेपालीमा तन्दुरुस्त अभिव्यक्ति प्रदान गर्ने सामथ्र्य कविवर मुकुन्द शर्माको स्तवनीय प्रयास हो ।
पूूर्वीय दर्शन, साहित्य, खगोल, भूूगोल र गणितशास्त्रहरूमा अगाध भक्ति र सम्मान राख्ने डा.लक्ष्मीकान्त पन्थीको सक्रियताले मनीषि पं.भीमकान्तपन्थी अध्ययन केन्द्र काठमाडौंद्वारा २०७८ सालमा प्रकाशनमा ल्याएको एक सय दश पेजको नेपालीमा अनुदित सयश्लोकेआद्य शङ्कराचार्य रचित सौन्दर्यलहरी स्तुुतिकाव्य अनुपम (चवन्नौँ पेजदेखि एक सय दश पेजसम्म लक्ष्मीधरी टीका भएको सौन्दर्य-लहरी पुस्तकमा संगृहीत सबै श्लोकहरूको बीजाक्षरसहितयन्त्र-पूजा-पुरश्चरण-नैवेद्य र फलहरूलाई समेत यहाँ जस्ताको तस्तै प्रकाशित गरिएको छ) कलात्मक अनुवादको सहज, सरस र सरल काव्यकृति हो । यो सिर्जनामा पराम्बा भगवतीको महिमागान वर्णनातीत छ । तन्त्रमन्त्रद्वारा संवलित भक्तिधाराको यो काव्य सिद्धिको प्रतीक छ । जगज्जननी पराम्बा भगवतीको महिमा गान गर्दै चालिसे शिखरिणीमा यसरी आभार प्रकट गर्ने क्रममा बोल्दछन् :-
पराम्बा वर्षाऊन् सतत करुणाको रस झरी
फुुरून् मीठा मीठा लबज लयले मोहित गरी ।
बनाइन् आफैँले विविध छविछाया तिरिमिरी
उनैलाई देखूँ भुवनभरिका सिर्जनभरि ।।
विरागी सन्यासी कविवर महान् शंकर थिए
उनैले श्रीविद्या त्रिपुररमणीको स्तुुति दिए ।
सबैले मानेको जुन सरस सौन्दर्यलहरी
स्वभाषामा ल्याएँ हृदयभरि आएर यसरी ।।
विनीत हुँदै तेस्रो श्लोकमा अनुवादक मुकुन्द आफ्ना कमीकमजोरी र अनुवादगत त्रुुटि भएमा जगदम्बिका र अनन्य विद्वज्जनसित शालीन भाषामा क्षमा याचना गर्दै :
जहाँ सच्चा ज्ञानी विबुध जनले निर्णय दिनन्
यहाँ लेख्दा लेख्दै कति अपुुग यद्वा त्रुटि हुनन् ।
क्षमा देऊन् अम्बा त्रिपुरललिताले यस घरी
म राखूँ माथामा अनवरत सौन्दर्य लहरी ।।
काव्यिक सुुधारस, सघन आलङ्कारिकता, भक्तिरसको महासागर र तन्त्रमन्त्रद्वारा संबलित आद्य शङ्करचार्यको संस्कृत भाषामा लेखिएको यो काव्य नेपालीमा तन्दुरुस्त अभिव्यक्ति प्रदान गर्ने सामथ्र्य कविवर मुकुन्द शर्माको स्तवनीय प्रयास हो । तेस्रो श्लोकको मूूल लहरको कति सटीक भावानुवाद :
अविद्यानामन्तस्तिमिरमिहिरद्वीपनगरी
जडानां चैतन्यस्तवकमकरन्दस्नुतिझरी ।
दरिद्राणां चिन्तामणिगुणनिका जन्मजलधौ
निमग्नानां दंष्ट्रा मुररिपुुवराहस्य भवती ।। ३।।
यसलाई समछन्दमा कति स्वादिलो शिखरिणीमा खाँटी अनुवाद गरेका छन् चालिस महाभागले । जस्तै :
अविद्याको कालो तमकन तिमी सूूर्यकिरण
तिमी बुद्धुलाई अमृतरसझैँ चेतन घन ।
दरिद्रीको चिन्तामणि मणि तिमी सृष्टि दुुखमा
परेकालाई छ्यौ दशनसरि वाराह मुखमा ।।३।।
भगवान् विष्णुुले मोहनी अवतार लिनपर्ने स्थितिको सिर्जना हुुँदा पराम्बा भगवतीको अपार कृपाको चमत्कारलाई पाँचौँ श्लोकले यसरी बयान गरेको छ ।
हरिस्त्वामाराध्य प्रणतजनसौभाग्यजननीम्
पुरा नारी भूत्वा पुररिपुुमपि क्षोभमनयत् ।
स्मरोद्रपि त्वां नत्वा रतिनयनलेहृयेन वपुुषा
मुुनीनामप्यन्तःप्रभवति हि मोहाय महताम् ।।५।।
यो श्लोकको नेपाली उल्था कति सुुबोध र भाव प्रबोध गराउने खालको छ, जसलाई पाठकमन मोहनीमै परेर गुनगुनाइरहेर लठ्ठ पर्छन् । जस्तै :
तिमीलाई सेवा गरिकन भए विष्णुु तरुनी
तिनैलाई मायाँ दिन पछि कुदे शङ्कर पनि ।
गरी तिम्रा पादार्चन अधिक राम्रो छ मदन
महात्माको सम्मन् हृदय सजिलै गर्छ हरण ।। ५।।
त्यसै गरी जगज्जननी जगदम्बिकााको आवासस्थलको कस्तो सचित्र वर्णन उत्तिकै रोचक छ :
सुधासिन्धोर्मध्ये सुरविटपिवाटीपरिवृते
मणिद्वीपे नीपोपवनवति चिन्तामणि गृहे ।
शिवाकारे मञ्चे परमशिवपर्यङ्कनिलयाम्
भजन्ति त्वां धन्याः कतिचन चिदानन्द लहरिम् ।।
यो श्लोकको कति मधुर रूपान्तर गरेका छन् मुकुन्दले :
सुधाको पानीमा स्थित छ मणिको द्वीप, उसमा
बगैँचा स्वर्गैको कदम तरुको हार बीचमा ।
चिताएको मिल्ने भर पलङ तन्ना शिवमय
त्यसैमा लेटेकी त्रिपुररमणीको जय-जय !
सौन्दर्यलहरीको बाह्रौ मूूल श्लोकले देवी पार्वती माताको अतुलित सौन्दर्य वर्णन कति सुुललित पदावलीमा गरेको छ । त्यही भावलाई टपक्क टिपेर चालिसेले आफ्नो नेपाली भाषामा मौलिकताको जलप कसरी लगाइदिएका छन् :
त्वदीयं सौन्दर्यं तुहिनगिरिकन्ये ! तुलयितुुम्
कवीन्द्राः कल्पन्ते कथमपि विरञ्चीप्रभृतयः।
यदालोकौत्सुक्यादमरललना यान्ति मनसा
तपोभिर्दुुष्प्राप्यामपि गिरिशसायुुज्यपदवीम् ।।१२।।
अपर्णे हे ! तिम्रो परम सुुषमा जोख्दछु भनी
बलैले कल्पन्छन् कविवर विधाताहरू पनि ।
तिमीलाई हेर्ने रहर रहने स्वर्ग युवति
तपस्याले लिन्छन् गिरिशपदको दुर्लभ गति ।।१२।।
कवि, सन्तमहन्त बुुधजन र स्वयं ब्रहृमाकी उत्प्रेरिका जगदम्बाको शक्तिलाई प्रकट गरेको सोह्रौँ श्लोकलहरी कति आस्वाद्य छ :
कवीन्द्राणां चेतः कमलवनबालातपरुचिम्
भजन्ते ये सन्तः कतिचिदरुणामेव भवतीम् ।
विरञ्चीप्रेयस्यास्तरुणतरश्रृङ्गारलहरि
गभीराभिवाग्भिर्विदधति सतां रञ्जनममी ।। १६।।
सोह्रौँ श्लोक मुकुन्द शर्माको सुुललित अनुवादले भावलाई टपक्क टिपेर बोधगम्य बनाउँदै यसरी बोल्छ :
तिमीलाई मान्छन् बुधजन कयौँ बाल अरुण
खुलायौ अम्भोजीवन सरि महान् सर्जक मन ।
भयौ ब्रह्माजीकी प्रिय सहचरी काव्यलहरी
भुलायौ विद्वान्को हृदयकन आल्हादित गरी ।।
त्यसै गरी सकलविद्यासिद्धि र रसायनसिद्धिको प्रतीक बनेको बत्तीसौँ श्लोक पराम्बाको शक्तिमा यसरी प्रकट भएको छ हेरौँ त मूूल र नेपाली अनुवाद :
शिवः शक्तिः कामःक्षितिरथ रविः शीतकिरणः
स्मरो हंसःशक्रस्तदनु च परामारहरयः ।
अमी हृल्लेखाभिस्तिसृभिरवसानेषु घटिता
भजन्ते ते वर्णास्तव जननि ! नामावयवताम् ।। ३२।।
त्रिशूली, काली, मन्मथ, अवनि भास्वान् हिमकरी
अदेही, शूली, द्यौपति, अनि परा, मार हरि ।
यिनै हृल्लेखाका क्रमसित मिलाई लिपि लय
हुने नामद्वारा जननि ! अनि तिम्रो परिचय ।। ३२।।
कविजीसितको प्रत्यक्ष संवादमा मैले उहाँसित सौन्दर्यलहरीकै सन्दर्भमा एउटा प्रश्न गरेको थिएँ- ‘हजुरको सौन्दर्यलहरीको शतश्लोकी अनुवाद सरसर्ती हेर्दा सबै सुन्दर र लालित्यपूूर्ण अनुुभूूत हुन्छ मलाई । तर, अनुवादकर्ताको हैसियतले हजुरलाई उल्था गरिएका सबै श्लोकमध्ये मनमगजलाई बढी तानेको श्लोक कुन होला ? उहाँले नहिच्किचाइकन भन्नुुभयो : साठीऔँ श्लोक । जसलाई यहाँ संस्कृत मूूल रूपान्तरित नेपाली दुुबैको उल्लेख गरूँ :-
सरस्वत्याः सूक्तीरमृतलहरीकौशलहरिः
पिबन्त्याः शर्वाणि ! श्रवणचुलुकाभ्यामविरलम् ।
चमत्कारश्लाघाचलितशिरसः कुण्डलगणो
झणत्कारैस्तारैः प्रतिवचनमाचष्ट इव ते ।।
पियौ वाग्देवीको अतिसय मीठो काव्यलहरी
उवाई हे देवी ! श्रवणबटुकामा छक परी ।
झुुलायौ के आफ्नो शिर अनि बजे कुण्डल पनि
बग्यौ मानौँ मीठो रुनझुुन सबै उत्तर बनी ।।
यो स्तवनलाई सुनको पातामा लेखेर यन्त्र बनाई लगाउने वा सजाएर राख्दा साधकहरूलाई सम्पूूर्ण विद्या प्राप्त गर्ने उर्जा पाइन्छ भन्ने विश्वास गरिन्छ । वास्तवमा आद्य शङ्कराचार्यद्वारा रचित सौन्दर्यलहरीका सय श्लोकै यन्त्रपरक छन् । जसले साधकहरूका अभिलाषा सिद्ध गर्दछन् । त्यसैले त कविवर मुकुन्द शर्माले वीजाक्षरसहित यन्त्रपूजा, पुरश्चरण, नैवेद्य र फलहरूलाई समेत यहाँ जस्ताको तस्तै लक्ष्मीधरीको टीका प्रकाशित गरी सबै श्लोकका बीजमन्त्र राखिदिनुुभएको छ । जसले पाठक तथा साधकलाई यथोचित सहयोग पुुर्याएको छ । पराम्बा त्रिपुुराको शक्ति कस्तो छ भन्ने कुरा स्वयं आद्य शङ्कराचार्यको जीवनबाट पनि बोध हुन्छ ।
लघुतमदेखि बृहत्तमसम्मका प्रबन्धकाव्यका रचनाकार कविवरेण्य मुकुन्द चारै वेदका अनुुवादक, चम्पूूकाव्यका लेखक, वेदान्त दर्शन, विभिन्न उपनिषद्हरू चाणक्यस्मृति संग्रह, विविध स्तोत्रहरूका सफल नेपाली भाषाका रूपान्तरकार पनि हुन् । नेपाली एवं संस्कृत भाषामा सिद्धहस्त उनको काव्यकलम लोकप्रियताको चुली चुमिरहेको छ ।
यस प्रसङ्गमा एउटा जनश्रुुति उल्लेख गर्दछु : आद्य शंकराचार्य परिव्राजक बनेर भ्याएसम्मका भूूतल विचरण गर्ने क्रममा अनेक मतको खण्डन गर्थे । जसबाट सबै वैदिक सनातनको एकै मूलधारमा आऊन् भन्ने उनको उद्देश्य थियो । मण्डन मिश्रका सदम्पती पनि शास्त्रार्थमा भाग लिएको र पछि शङ्करपथको अनुुगामी भएको थाहा लाग्छ । शास्त्रार्थमा विजयी शङ्कराचार्य शक्तिवादको पनि खण्डन गर्दे थिए यही बेला उनी धेरै बिरामी परे । मरणान्त अवस्थामा एक वैद्य त्यही बाटो भएर कतै जाँदैथिए उनले बिरामी सन्यासीलाई देखी नाडी हेरे । तुरुन्तै जडिबुटी पिसेर उनलाई दहीसित मिसाएर खानुु भने । त्यो निर्जन वनमा कता दही पाउनूू ?
तर, एकैछिनपछि एउटी माता त्यही बाटो हुँदै दही कसलाई चाहिन्छ किन्नुहोस् भनी कराउँदै आइन् । शङ्कराचार्यलाई के खोज्छस् काना आँखो भनेझैँ भयो । माता, म एक परिव्राजक सिकिस्त बिरामी छुु पैसा पनि छैन वैद्यले यो ओखती दहीसित खानुु भनेका छन् कृपा गर्नुुहोस् भनी अनुरोध गरे । माताले ल यहाँ आऊ भनी आज्ञा गरिन् । शङ्कराचार्यले त्यहाँ आउनसक्ने शक्ति छैन माता भनेपछि दही बेच्ने महिलाले यहाँसम्म पनि आउन हुती नराख्नेले के शक्तिवादको खण्डित गर्छुु भनेर हिँडेका ? ल बुटीसित दही मिसाएर खाऊ पैसा पर्दैन भनेछि शङ्कराचार्य झल्यास्स भए । त्यसपछि तिनै बूढीलाई पराम्बा भगवती मानेर सौन्दर्यलहरी लेखे भन्ने कहावत छ । त्यसैले त उनको यो कृतिका सबै श्लोकहरू तन्त्र मन्त्रको लहरी बन्न पुुग्यो ।
लघुतमदेखि बृहत्तमसम्मका प्रबन्धकाव्यका रचनाकार कविवरेण्य मुकुन्द चारै वेदका अनुुवादक, चम्पुकाव्यका लेखक, वेदान्त दर्शन, विभिन्न उपनिषद्हरू चाणक्यस्मृति संग्रह, विविध स्तोत्रहरूका सफल नेपाली भाषाका रूपान्तरकार पनि हुन् । नेपाली एवं संस्कृत भाषामा सिद्धहस्त उनको काव्यकलम लोकप्रियताको चुली चुमिरहेको छ । विविध विधामा मौलिक र अनुुवादसहित चार दर्जनभन्दा बढी ग्रन्थका रचयिता मुुकुुन्दको अथक लगन नेपाली साहित्यमा वन्दनीय छ ।
निवृत्त जीवनको उत्तरार्ध उनी अझ रचनात्मक क्रियाकलापमा र अध्ययन अनुसन्धानमा लिप्त हुँदै विदूूषी सहचरी मायादेवीको साहचर्यमा दिनहरू बेफुर्सदी भएर बिताइरहेका छन् । सौन्दर्यलहरीका लहरमा लहरिँदै गरेका अनुवाद कलाकलाका निष्णात वाणीसाधक—प्रतिधन्यवाद र प्रणाम बर्साउँदै ‘कवेर्मुुकुुदं शिरसा नमामि’ भन्दै आजको लेख यही बिट मार्छुु । अस्तुु !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच