काठमाडौं । जावलाखेल हिृवलचेयर स्पोर्ट्स क्लबले वडा कप महिला हिृवलचेयर बास्केटबलको उपाधि जितेको छ । राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ग्यालेक्सी पब्लिक स्कुलमा भएको फाइनलमा जावलाखेलले हिृवलचेयर स्पोर्ट्स एसोसिएसन (डब्लुएसए) लाई ११-८ को स्कोरमा पराजित गरेको हो ।
जावलाखेलले १५ हजार र उपविजेता डब्लुएसएले १० हजारमा रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सेमिफाइनलमा जावलाखेलले विइनलाई १८-२ र डब्लुएसएले बिआइएलाई १२-६ को स्कोरमा हराएका थिए ।
प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो । तेस्रो स्थानका लागि विइनलाई ४-० को स्कोरमा पराजित गर्दै बिआईएले पाँच हजार रुपैयाँ जित्यो । सर्वाधिक स्कोरर डब्लुएसएकी ज्योति अर्याल हुनुभयो । उहाँले फाइनलमा ६ स्कोर गर्नुभएको थियो । मोस्ट भ्यालुएबल प्लेयर जावलाखेलकी बबिता थापा चुनिनुभयो । उहाँहरूले समान एक हजार र ट्रफी हात पार्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts