काठमाडौं । मिष्टर नेपाल २०२४को पहिलो चरण (छनौट चरण)को अडिशन झापाबाट सुरु हुनेभएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले एक बिज्ञप्ती जारी गर्दै जुलाई ५ अर्थात (असार २१ गते) झापाबाट प्रतियोगीताको अडिशन सुरु हुनलागेको जानकारी गराएको हो ।
आयोजक नेक्ष्ट मोडल्स अनुसार दोस्रो अडिशन विराटनगर जुलाई ६, तेस्रो जनकपुरमा जुलाई ७, चौथो हेटौंडा जुलाई ८, पाँचौं चितवन जुलाई ९, छैटौं बुटवल जुलाई १०, सातौं नेपालगञ्ज जुलाई ११, आठौं धनगढी जुलाई १२, नवौं पोखरा जुलाई १३, दशौं काठमाडौं जुलाई २० मा आयोजना हुनेछ ।
१८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले सहभागिता जनाउन सक्ने प्रतियोगिताको आवेदन इसेवा तथा नेक्स्ट मोडल्स नेपालको कार्यलय वा सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिनेछ । देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिशन गर्न लागेको आयोजकको भनाइ छ ।
प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्चमाथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२४’ वा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगदर पुरस्कारर विभिन्न गिफ्टसमेत जित्न सक्नेछन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts