रुरुक्षेत्र गाउँपालिकाले उखुलाई ब्रान्डका रुपमा विकास गर्ने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना तथा रुरुक्षेत्र गाउपालिकाको संमन्वयमा पालिकाका उखु किसानलाई क्रस कटिंग तथा प्याकेजिंग सम्बन्धित तालिम प्रदान गरिएको छ ।

तालिमको समुद्घाटन गर्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले पालिकाले उखुलाई ब्रान्डको रुपमा विकास गर्ने गरि योजना बनाएको बताउनु भयो । उहाँले निकट भविष्यमा पालिकाले योजना नै बनाएर उखु किसानलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको बताउनु भयो।

तालिममा प्रमाणपत्र बितरण गर्दै अध्यक्ष ज्ञवालीले सिकेको सीपलाई ब्यवहारमा लागू गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले सिकेको सिपलाई व्यहारमा लागू गरि उद्यमशिलता विकास गर्नु पर्ने बताउनु भयो। अध्यक्ष ज्ञवालीले गुल्मीको रुरु अर्थात यो क्षेत्र गुण तथा खुदोको लागि व्रान्ड बनाएको क्षेत्र हो । यहाँ बाट उत्पादन हुने गुण तथा खुदोमा कुनै मिसावट तथा व्रान्डमा कमी आउन नहुने बताउनु भयो ।

आफुले सुनेको भने केहि फरक रहेपनि अब कृषकहरुले यो गुणस्तरमा कमीहुन नदिन आग्रह गर्नु भयो । हामीले यहाँ उत्पादित गुणलाई अनुगमन गरेका छौ । केही उद्योगलाई शिलसमेत गरेका छौं तर अब कुनैपनि उद्योगबाट उत्पादित गुणलाई गुणस्तर कामय गराउनु र पालिकाले के गर्नुपर्छ आबश्यक सहयोगको लागि तयार रहेको उहाँले बताउनु भयो ।

ADVERTISEMENT

कार्यक्रममा जिल्ला घरेलु तथा साना उद्योग कार्यलय गुल्मीका प्रमुख जीवन घिमिरेले आगामि दिनमा पनि किसानलाई व्यवसायिक बनाउनको लागि पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष शेषनारायण पौडेलले यो तालिमले यस क्षेत्रका उखु किसानको लागि उत्पादन देखी क्रस कटिंग तथा प्याकेजिंगलगायत क्षेत्रलाई राहत पुराउने बताउनु भयो ।

तालिममा सहभागी किसानलाई पालिका अध्यक्ष यदु ज्ञवालीले प्रमाणपत्रसमेत वितरण गर्नु भएको थियो । गुल्मीको रुरु गुण तथा उखुको लागी परिचित क्षेत्र हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज