बजेट बाँडफाडमा भागबन्डा नमिल्दा रोल्पाको रुन्टिगढि गाउँपालिकाले बजेट ल्याउन सकेन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

-एल बि मगर

रोल्पा । बजेट बाँडफाडमा भागबन्डा नमिल्दा रोल्पाको रुन्टिगढि गाउँपालिकाले समयमा नयाँ आर्थिक बर्षको बजेट ल्याउन सकेको छैन । स्थानीय सरकारहरुले असार १० गते भित्र नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रम पास गरि सक्नुपर्ने र नयाँ आर्थिक बर्षको बजेट गाउँसभामा प्रस्तुत गर्नुपर्ने प्राबधान भएपनि बजेट बाँडफाडमा भागबन्डा नमिल्दा रुन्टिगढि गाउँपालिकाले समयमा बजेट ल्याउन नसकेको गाउँपालिकाका अध्यक्ष जनक पुनले बताउनुभयाे ।

अध्यक्ष पुनकाअनुसार स्थानीय सरकारमा सहभागी वडा अध्यक्षहरुले पालिकालाई उपलब्ध सबै बजेट बराबर भागबन्डा गर्न दबाब दिएपछि सहमति हुन नसक्दा पालिकाले आर्थिक बर्ष २०८१/०८२ को बजेट गाउँ सभामा प्रस्तुत गर्न नसकेको र आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमसमेत पास गर्न नसकेको हाे ।

पालिकालाई उपलब्ध बजेटको पुजीँगत तर्फको बजेटको करिब ९०% बजेटअर्थात करिब आठ करोड रुपैयाँ पालिका भित्रका सम्पुर्ण वडाहरुमा कार्यपालिकाको बैठकमा छलफल गरि सहमति गरि बजेटको सिलिङ पठाएको र करिब एक करोड बजेट पालिकामा राखौं भन्दा केहि वडा अध्यक्षहरुले बिरोध गरेको र पालिकाले चलाउदै आएको संघीय सरकारको शशर्त कार्यक्रम सामी (वैदेशिक रोजगार सम्बन्धि परियोजना ) परियोजना कार्यक्रमलाईसमेत कार्यान्वयन नगर्न निर्णय गरौ भनेर अडान राख्दा कार्यपालिकामा सहमति हुन नसक्दा समयमा पालिकाले बजेट प्रस्तुत गर्न नसकेको अध्यक्ष पुनले बताउनुभयाे ।

ADVERTISEMENT

अध्यक्ष पुनले स्थानीय सरकारमा सहभागी सबै दलका जनप्रतिनिधिहरुलाई मिलाएर लैजान कैयौं प्रयास गर्दा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिहरु पालिकाले शुरु गरेका हरेक प्रकारका जनपक्षीय एजेन्डा र निर्णयको खिलापमा जाने र जसरी हुन्छ स्थानीय सरकारलाई फेल गराउन तर्फ लागि पर्दै आएको बताउनुभयाे । उहाँले पालिका भित्रको शिक्षा नीतिलाई सुधार गरौं, निशुल्क बनाउँ भन्दा बिमती राख्ने, स्वास्थ्य सेवा, कृषि अनुदानलगायतका विषयहरुको नीति र कार्यक्रम अगाडि बढाउन खोज्दा राजनीतिक प्रतिसोध राखी स्थानीय सरकार विफल गराउन बिपक्षी दलका जनप्रतिनिधिहरु लागि परेकाेले समयमा पालिकाको नीति तथा कार्यक्रम पास गर्न र बजेट प्रस्तुत गर्न नदिएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, 'म निर्वाचित भएर पालिकामा पदभार ग्रहण गर्दा पालिका भित्रका सबै बिपन्न , गरिब दुखी जनताहरुलाई बीस युनिट सम्मको विद्युतको महसुल निशुल्क गरिदिने र पालिका भित्रका सबै गाउँ बस्तीमा विद्युत सेवा बिस्तार गर्ने पहिलो जन पक्षीय निर्णय गरेको थिए, तर बिडम्बना बिपक्षी दलका जनप्रतिनिधिहरुले बहुमतको नाममा मेरो जनमुखी निर्णय लाई कार्यपालिकाको बैठक बाट फेल गराइदिए, लागु हुन दिएनन्, जसका कारण पालिकाका हजारौं बिपन्न नागरिक मारमा पर्दै आएको र धेरै बस्तिमा अझै विद्युतको सेवा पुग्न सकेको छैन ।'

यता स्थानीय सरकारमा सहभागी बिपक्षी दलका वडा अध्यक्षहरुले भने पालिका अध्यक्षले मनोमानी रूपमा एकलौटी ढंगले अगाडि बढ्न खोजेको, सहकार्य र समन्वय नगरेको, बजेट बिनियोजनमा मनोमानी गरेको भन्दै बिज्ञप्ति जारी गरेका छन् । नौ वटा वडा रहेको पालिकामा नेपाली काङ्ग्रेसले अध्यक्ष , उपाध्यक्षसहित तीन वटा वडा, नेकपा एमालेले तिन वटा वडा र नेकपा माओवादी केन्द्रले तीन वटा वडा जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज