काठमाडौं । यही असार २८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक भएको छ । मन पराएकी युवतीसँग बिहे गर्न घरज्वाइँ बन्नुपर्ने बाध्यतामा परेको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । दयाहाङ राई र मिरुना मगरको प्रेममा आएको आरोहअवरोह र आफ्नो प्रेम पाउन दयाले घरज्वाइँ बस्नुपरेको परिस्थिति र संघर्षलाई ट्रेलरमा देखाइएको छ ।
अनिल बुढा मगरको कथा र निर्देशन रहेको चलचित्रमा मगर संस्कृतिमा आधारित छ । जनक घर्तीमगर निर्माता रहेको चलचित्रमा अनिलसहित विनोद खतिवडा र सुभास कोइरालाको पटकथा छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, खबपु पुन, बिबेश बुढामगर र सुनिल मगरलगायत कलाकारको अभिनय छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता