काठमाडौं । चर्चित गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइएको छ । दुबई जान लाग्नुभएका गायक राईले अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उहाँलाई फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले जानकारी दिनुभयो ।
एक सांगीतिक कार्यक्रममा सहभागी हुन उहाँ त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत दुबई जान लाग्नुभएको थियो । विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि राईलाई प्रहरीको जिम्मा लगाइएको बताइएको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको थियो । यसअघि पनि उहाँ मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा पक्राउ पर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts