काठमाडौं । लेबनानमा हुने चारदेशीय महिला फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार प्रतियोगिताका निम्ति २२ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । नेपाली टिममा मिडफिल्डरद्वय रेनुका नगरकोटी र सरु लिम्बूले पुनरागमन गर्नुभएको छ ।
लेबनानको बेरुतमा हुने प्रतियोगिता जुलाई ८ देखि १६ सम्म सञ्चालन हुने तालिका छ । प्रतियोगितामा नेपालसहित लेबनान, जोर्डन र बंगलादेशले सहभागिता जनाउनेछन् ।
नेपाली टिमको गोलकिपरमा एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ हुनुहुन्छ । रक्षकमा अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, विमला विक, निशा थोकर, पूजा राना र समीक्षा घिमिरे रहनुभएको छ ।
यस्तै, मिडफिल्डरमा रेनुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत, सविता रानामगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की, विमला चौधरी हुनुहुन्छ भने फरवार्डमा सावित्रा भण्डारी, रेखा पौडेल र रश्मीकुमारी घिसिङ रहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts