काठमाडौं । पछिल्लो समय एकपछि अर्को गीत श्रोता/दर्शकमाझ ल्याइरहनुभएका गायक माधव भण्डारीको नयाँ गीत ‘यस्तै रित हो’ सार्वजनिक भएको छ । ‘यस्तै रित हो, सबैभन्दा डर लाउने आफ्नै सित हो’ भन्दै सामाजिक यथार्थलाई कटाक्षय गरिएको गीतलाई भण्डारीले नै लेख्नु भएको हो ।
भण्डारीकै स्वर एवं संगीत, संगीत संयोजन, डिक गुरुङको मिक्सिङ/माष्टरिङ र दीपक विसीको रेकर्डिङ रहेको गीतमा सुफिक्स मदन, राजु खड्का र उत्सव सुब्बा लामाको ग्रुप भोकल रहेको छ । दीपक गुरुङको छायांकन र रोशन धितालको सम्पादन एवं कलर रहेको गीतको भिडियोमा भण्डारीसँगै श्याम सुन्दर, सुफिक्स मदन, राजु खड्का र उत्सव सुब्बा लामालाई फिचरिङ गरिएको छ ।
भण्डारीको स्वरमा रहेको सयौ गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । गीतको भिडियो माधव भण्डारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा