दुई करोड बराबरको भेप तथा भेपको फ्लेवरसहित ५ जना पक्राउ

मन्जिता मैनाली मकवानपुर, संवाददाता
मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 4 mins

हेटौंडा । मकवानपुर प्रहरीले ५८ कार्टुन भेप तथा भेपको फ्लेवरसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार साझ हेटौंडा-११ थानाभऱ्याङबाट दुई करोड एकहत्तर लाख एक्काईस हजार सात सय असि रुपैयाँ बराबरको भेप तथा भेपको फ्लेवरसहित ५ जनालाई नियन्त्रणमा लिइएको हो ।

बिशेष सुचनाको आधारमा  बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा  र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक सीताराम रिजाल समेतको कमाण्डमा संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सीताराम रिजालले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो।

प्रहरी उपरीक्षक रिजालको अनुसार,काठमाडाैंबाट हेटौँडा हुँदै भारतको दिल्ली तर्फ जानको लागि आउदै गरेको ना ६ ख ७१६३ नं.को यात्रु बाहक बसलाई रोकी बसमा रहेका भारतीय  यात्रुहरुलाई बसबाट ओराली शंकास्पद व्यक्तिहरु बस चालकसहित ५ जनालाई नियन्त्रणमा लिई उक्त बसको  खानतलासी गरिएको थियो।

बसको पेसेन्जर बस्ने सिट माथि सिलिङको भागमा फल्स वटम बनाई सो फल्स बटम भित्र अबैध भन्सार छली चोरी पैठारी गरी ल्याईएको अवैध भन्सार छलि चोरी पैठारी गरी ल्याएको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू फेला परेको जानकारी दिइएको छ।

ADVERTISEMENT

उक्त बससहित बस चालक जिल्ला दोलखा भिमेश्वर नगरपालिका-२ बस्ने  ३७ वर्षीय  सलाम मोक्तान,  सह चालक जिल्ला उदयपुर कटारी नगरपालिका  ११ बस्ने  २७ वर्षीय  प्रबिन्द्र राना,जिल्ला नुवाकोट दुप्चेश्वर गाउँपालिका  ७ बस्ने  ३९ वर्षीय ईन्द्र बहादुर दर्जी, जिल्ला धनकुटा बेलारा नगरपालिका १६ बस्ने २९ वर्षिय राज कुमार हिमाङ, ढनकुटा बस्ने ३० वर्षीय  सन्तोष भुसाललाई नियन्त्रणमा लिइएको रिजालले जानकारी दिनुभयो ।

बस नेपाल दिल्ली चल्ने आधिकारिक बस नभएको र  बस केहि व्यक्तीहरुले भाडामा लिई एक महिनाको लागि नेपाल, भारत र अन्य देशका यात्रुहरुलाई भारत घुमाउने भनि नेपाल स्थित भारतिय एम्बेसीबाट असार ५ गते रोड पर्मिट लिईएको प्रहरीले जनाएको छ । बसमा कुवेतबाट आएका भारत घर भएका यात्रुहरुलाई विभिन्न मान्छेहरु मार्फत संम्पर्क गरी ल्याईएको खुल्न आएको प्रहरीकाे भनाइ छ ।

उक्त समानहरु काठमाडाैंको बालाजु बसपार्क भन्दा माथि भत्केको पुलको एरियाको रमाईलो डांडाबाट लोड गरेको जानकारी दिइएको छ ।

थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने कार्य भई रहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *