हेटौंडा । हेटौंडाबाट लागुऔषध गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हेटौंडा -१५ पिपलबोटस्थित पुर्व पश्चिम लोकमार्गबाट ४ किलो ४०० ग्राम लागुऔषध गाँजासहित एक पुरुषलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जिल्ला महोत्तरी एकडाँडा गाउँपालिका-४ बस्ने वर्ष २८ वर्षीय रामलोचन ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीको अनुसार बुधबार सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा हेटौडाबाट बिरगंज तर्फ जादै गरेका ठाकुरलाई शंका लागि खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ४ किलो ४०० ग्राम लागूऔषध गाँजा फेला पारी पक्राउ गरिएको हो।
उक्त लागूऔषध गाँजासहित रामलोचनलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट दिन ७ म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ।






