
काठमाडौं । न्युजिल्याण्ड क्रिकेट टोलीका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले टी-२० विश्वकपबाट बिदा लिनुभएको छ । ट्रिनिडाड मैदानमा सोमबार राती न्युजिल्याण्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेसँगै बोल्टले टी-२० विश्वकपबाट बिदा लिनुभएको हो । बोल्टले यसअघि नै सन्न्यासको घोषणा गरिसक्नुभएको थियो ।
विश्वकपमा उहाँको प्रदर्शन स्तरीय थियो । विश्वकपमा उहाँले चार खेलमा १६ ओभर बलिङ गर्दै ५९ रन खर्चेर ९ विकेट लिनुभएको थियो । उहाँले अफगानिस्तानविरुद्ध २२ रन दिएर २ विकेट, वेष्ट इण्डिजविरुद्ध ३६ रन दिएर तीन विकेट, युगाण्डाविरुद्ध सात रन दिएर दुई विकेट र पपुवा न्युगिनीविरुद्ध १४ रन दिएर दुई विकेट लिनुभएको थियो ।
‘मैले धेरै भविष्यवाणी गरेको छैन तर विश्वकपमा यो मेरो अन्तिम खेल हो । मैले साउथीसँग करिब १२ वर्ष खेलेँ । मैदान बाहिर म उनीहरूलाई मिस गर्नेछु । हामीले प्रतियोगिता अघि धेरै कुरा गर्यौँ तर दुःखको कुरा हामीले राम्रो खेल्न सकेनौं,’ पपुवा न्युगिनीलाई ९६ मा समेटेपछि बोल्टले भन्नुभएको थियो । न्युजिल्याण्ड यसपालि सुपर ८ मा पुग्न भने सकेन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच