काठमाडौं । चलचित्र ‘ब्ल्याक छायाँ’को गीत ‘बुट्टे रूमाल’ सार्वजनिक गरिएको छ । साउन ११ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा डिबी खनालको शब्द, राजेन्द्र बजगाईंको संगीत र भुवन प्यासी एवं मेलिना राईको स्वर छ ।
आरएल लामा मुक्तानको निर्देशन रहेको चलचित्रमा नीर शाह, सुनील थापा, धीरेन शाक्य, सलोन बस्नेत, सुष्मा कार्की, जान्हवी बस्नेत, बुद्धि तामाङ, रुविना कार्की, सोभित बस्नेत, रविन्द्र झा, निमादार्जे मुक्तान, आरएल लामा मुक्तानलगायत कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता रेल्लुमाया तामाङ, बिन दुरुङच्याङ मगर ‘मैना’, आर. सोनाम मुक्तान हुनुहुन्छ । खड्ग लामा मुक्तान प्रस्तुतकर्ता रहेको चलचित्रको सहनिर्मातामा सोशिका तामाङ, ‘रजनी’, श्यामबहादुर मुक्तान ‘डेबिट’ रहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts