काठमाडौं । गीतकार तथा पत्रकार गोपालप्रसाद थपलियाको शब्द रचना रहेको राष्ट्रिय गीत ‘शान मान हाम्रो स्वाभिमानको’ सार्वजनिक भएको छ । दीपक शर्माको संगीत, प्रताप दास र बेनिशा पौडेलको स्वर, सविन सुवेदीको एरेञ्ज रहेको गीतको स्टुडियो भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा थपलियासहित गायक प्रताप दास, बेनिशा पौडेल, संगीतकार दीपक शर्मालाई देख्न सकिन्छ ।
थपलियाका ‘बतास चल्यो सरर’, ‘म र ‘मेरो देश’, ‘नेपाल आमाको पुकार’, कंगाल भए जनता’, ‘जनता रुवायो’, ‘उठ युवा युवतिहरू’, ‘देशको माटो’ लगायत दर्जनौं गीत श्रोतामाझ आइसकेका छन् । यस्तै उहाँका कविता, कथा, मुक्तक, निबन्ध, गीतिसंग्रह प्रकाशित प्रकाशित छन् । गीतको भिडियो गीतकार थपलियाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा