काठमाडाैं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्युनिकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गर्नुभएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद केसीले सरकारसँग यस्तो माग गर्नुभएको हो । उहाँले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औं स्थानमा रहेको बताउनु भयो । उहाँल भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी,पहिरो,चट्याङले ठूलो क्षति पु¥याएको र आगालागीबाट प्रत्येक वर्ष दुई अर्ब भन्दा नोक्शानी र सयौं नेपाली ज्यान गुमाउनुपरेको बताउनु भयो ।
उहाँले विपद्जोखिम न्युनिकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र ४ लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको बताउनु भयो । उहाँले पहिला भएका घटनाको अहिलेसम्म पुनःस्थापनाका लागि काम गर्न नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औं स्थानमा छ । भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी,पहिरो,चट्याङले ठूलो क्षति पु¥याएको छ । आगालागीबाट प्रत्येक वर्ष दुई अर्ब भन्दा नोक्सनी र सयौं नेपाली ज्यान गुमाउनुपरेको छ । विपद्जोखिम न्युनिकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र ४ लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको छ । ४ सय बस्ती उच्च जोखिममा छ । पहिला भएका घटनाको अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन भने सरकार युद्ध स्तरमा आउनुपर्ने हो त्यसरी आउन सकेको छैन । कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको छ । सरकारले विपत जोखिम न्युनिकरणका लागि युद्धस्तरमा तयारी गरोस् ।’
उहाँले सरकार विपद् जोखिमको लागि काम गर्ने भन्दा पनि कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको आरोप लगाउनु भयो । उहाँले सरकारले विपद् जोखिम न्युनिकरणका लागि युद्धस्तरमा तयारी गर्न आवश्यक रहेको बताउनु भयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts