काठमाडौं । कलाकार तथा मोडल दीपेश लामाको निधन भएको छ । दुई दशकअघिको चर्चित पपगीत ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु म’का मोडलसमेत रहनुभएकाका लामाको निधन भएको हो ।
मंगलबार काठमाडौंको बसुन्धरामा हिँड्दै गरेको अवस्थामा अचानक बेहोस् भएर ३९ वर्षीय लामाको निधन भएको उहाँका भिनाजु नाता पर्ने रास्वपा सांसद तथा चलचित्र निर्देशक असिम शाहले जानकारी दिनुभयो ।
लामा लामो समयदेखि लामा हेपाटाइटिस बी रोगबाट पीडित हुनुहुन्थ्यो । लामाको पार्थिव शरीरलाई बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । दिपेशले दर्जनौं गीतका भिडियोमा अभिनय गर्नुभएको छ ।






