पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा भइरहेको यू-१५ विद्यालय खेलकुद प्रतियोगिता नेपाली खेलकुदमा नयाँ इतिहास भएको बताउनुभएको छ । पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बुधबार प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य-सचिव घिसिङले विद्यालय स्तरबाटै खेलकुदको विकास गर्न यू-१५ विद्यालय खेलकुदको थालनी गरिएकोमा यो मानक बन्ने बताउनुभयो ।
सदस्य-सचिव घिसिङले यू-१५ विद्यालय खेलकुद नेपाली खेलकुदको जग भएको बताउनुभयो । ‘नेपाली खेलकुदको जग विद्यालय खेलकुदलाई प्रभावकारी ढंगले अगाढि बढाउँदै नयाँ प्रतिभाहरूलाई अवसर दिनुपर्छ । त्यसैले यो खेलको आफ्नै महत्व छ । यसको उद्देश्य ठूलो छ ।’
सदस्य-सचिव घिसिङले नेपाली खेलकुदमा यू-१५ विद्यालय खेलकुदले नेपाली खेलकुदमा नयाँ बेन्चमार्क सेट गर्ने बताउनुभयो । ‘विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि हामीले यस पटकदेखि विश्वविद्यालय खेलकुद आरम्भ गरौँ । राष्ट्रपति रनिङ शिल्ड पनि सञ्चालन भइरहेको छ । त्यसैको शृंखलाबद्ध प्रतियोगिता स्वरुप यू-१५ विद्यालयक खेलकुद सुरुआत गरेका छौँ । यसलाई पिरामिड शैलीमा गर्दै जानेछौँ ।’
यसलाई भविष्यमा अझ व्यापक रुपमा आयोजना गर्ने सदस्य सचिव घिसिङले बताउनुभयो । ‘विद्यालयबाटै भविष्यका स्टार जन्माउनुपर्छ । बालबालिकालाई खेलकुदको बारेमा बुझाउनुपर्छ भनेर हामी पहिलो पटक यू-१५ विद्यालय खेलकुदको थालनी गरेका छौँ, सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘यसलाई भविष्यमा निरन्तरता दिँदै अझै बृहत रुपमा आयोजना गर्दै जानेछौँ ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा