काठमाडौं । प्राइम कमर्सियल बैंकले सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो सञ्जाल विस्तार गर्दै दुर्ई नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जयराम महतले गोकर्णेश्वर एक्सटेन्सन काउण्टर उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।
त्यसैगरी बैंकले आइतबार कागेश्वरी मनोहरा नगरपालिका ३ भद्रवासमा पनि एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउण्टर उद्घाटन वडा ३ का वडाध्यक्ष राममणि पुडासैनीले गर्नुभएको थियो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले ग्राहकलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts