काठमाडौं । सिएफमोटो तथा जिहो ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले एक्सचेन्ज एण्ड अपग्रेड नामक पाँच एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ । कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित शोरुमबाट सेवा ग्राहकलाई उपलब्ध गराउँदैछ । जिहोका हाल एई ६ प्लस, एई ६ प्लस एलआर (डबल ब्याट्री) र एई आठ मोडल उपलब्ध छन् ।
क्याम्पमा भने कम्पनीले एई ६ प्लस र एई ६ प्लस एलआरलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ । क्याम्प अवधिभर जिहोका मोडल एक्सचेन्जमा बजार मूल्यांकनमा २० हजार रुपैयाँ थप मूल्यांकन हुनेछ भने नयाँ खरिदमा १५ हजार रुपैयाँ सिधै छुटका साथै दुई वर्षको निःशुल्क कर तथा थर्ड पार्टी इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध हुनेछ ।
दुईपांग्रे इभी बजारमा छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाउन सफल जिहोका स्कुटर आकर्षक डिजाइन, टफ बिल्ट क्वालिटी, एड्भान्स प्रविधि र हाई पर्फमेन्स फिचरसाथ उपलब्ध छन् ।
जिहो एई ६ प्लसमा ५.५ किलोवाटको पिक पावरको साइड मोटर दिइएको छ, जसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ भने अधिकतम रेन्ज ७० देखि ९० किलोमिटर रहेको छ ।
एई ६ प्लस एलआर (डबल ब्याट्री) मा ३.६ किलोवाट आवरका दुर्ईवटा ब्याट्री पाइन्छ, जसको अधिकतम रेन्ज एक सय ६० किलोमिटर रहेको छ । जिहोका उल्लेखित मोडलमा मोटरमा दुई वर्ष, ब्याट्रीमा तीन वर्ष तथा कन्ट्रोलर र चार्जरमा एक वर्षको वारेन्टी दिइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts