काठमाडौं । सिएफओटो र जेहो ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले कालोपुलस्थित अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्ससहितको सर्भिस सेन्टरमा जेठ २९ गतेदेखि सातदिने सिएफमोटो सर्भिस केयर क्याम्प सञ्चालन गर्ने भएको छ ।
युवाहरूमा लोकप्रिय रहेको ब्राण्ड कोभिडपछि विभिन्न कारणले बिक्री तथा सेवामा केही ढिलाइ भए तापनि अहिले नयाँ आधिकारिक बिक्रेता रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँगै कम्पनीले पहिलो बृहत् सर्भिस केयर क्याम्प सञ्चालन गर्न लागेको हो । बिक्रीपछिको सेवा नै अटोमेटिक्स व्यापारको टेवा भन्ने नारासाथ कम्पनीले सिएफमोटोका सम्पूर्ण प्रयोगकर्तालाई यसरी नै सर्भिस तथा स्पेयर पार्ट्स सेवा निरन्तर प्रदान गर्ने जनाएको छ ।
क्याम्पमा सहभागी हुने सिएफमोटो प्रयोगकर्ताले क्याम्प अवधिभर स्पेयर पाटर््समा १० प्रतिशत छुट, फ्रि-बाइक वास, लेबर चार्जमा ५० प्रतिशत छुट, ल्युब आयलमा ५५ छुट तथा हरेक दिन लक्की ड्रमार्फत् सातजनाले सात दिनमा एक वर्षका लागि सिएफमोेटोका स्पेयर पार्ट्समा १० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । साथै गोला प्रथामार्फत् सात दिनमा आफ्ना सिएफमोटो बाइक सर्भिसिङ गराउने ग्राहकमध्ये एकजना भाग्यशाली बिक्रेताले फ्रि-बाइक कोटिङ गराउन सक्नेछन् । ऋषि टे«ड सेन्टरले आफ्नो नक्साल, झम्सिखेल तथा सल्लाघारीस्थित शोरुमबाट बिक्री गर्दै आएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts