भोजपुर । वृद्ध आमाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । अरुण गाउँपालिका-४ चरम्बी ल्याङडाँडामा ६८ वर्षीय निरकुमारी तामाङको हत्या गरेर भागेका छोरा ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
मिलनले आइतवार बेलुका पौने छ बजे तिर धारिलो हतियार खुर्पा प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बी र इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts