काठमाडौं । शान्तिको सन्देशको ६५औं साहित्यक शृंखला शनिबार सम्पन्न भएको छ । शान्तिनगर उपभोक्ता समितिद्वारा आयोजना हुँदै आएको उक्त कार्यक्रमको सभापतित्व समितिका उपसभापति गोविन्दप्रसाद भट्टराईले गर्नुभएको थियो । साहित्यकार तथा प्राध्यापक डा.रमेश क्षितिज प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रम शान्तिनगर उपभोक्ता समितिको कार्यालय महाकाल ओरालोमा आयोजना भएको थियो ।
समितिका महासचिव राजेन्द्र गजुरेलले सञ्चचालन गर्नुभएको उक्त कार्यक्रममा विनोद दाहाल वत्स, अच्युतप्रसाद पौडेल चिन्तन, दुर्गा अधिकारी भमरकोटे, यदुनाथ वसन्तपुरे, रामचन्द्र दाहाल, त्रिलोचन आचार्य, थरेन्द्र बराल, रमेशप्रसाद खनाल, हरिप्रसाद पाण्डे, देवकी खतिवडा, अनुपमा पौडेल, कुमार निरौला, अमृतप्रसाद पौडेल, जमुना आचार्य, पुष्पा दाहाल, दिवाकर न्यौपाने तथा शिवराम घिमिरेले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सुबोध आचार्य, निस्ता शाक्य, जीविका काफ्ले, भावना बराल, कुशल गौतम, सोइस लुइँटेल, इक्सन मगर, र प्रिन्सा आचार्य लगायतका बालबालिबाहरूले पनि आआफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा.शुभेच्छुले वाचन भएका कविताहरूमाथि टिप्पणी गर्नुका साथै साहित्यबारे आफ्नो विचार व्यक्ति गर्नुभएको थियो । प्रत्येक महिनाको अन्तिम शनिबार उक्त कार्यक्रम हुँदै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts