‘वासन्ती-बाला’ कृतिका कृतिकार अनन्तकुमार बस्नेत नेपाली छन्द कविताका भरलाग्दा स्रष्टाका रूपमा देखिनुुभएको छ । २०७६ पछि सामाजिक सञ्जालका भित्ताहरूमा उहाँका वार्णिक छन्दका तथा नेपाली झ्याउरे लयका पद्यहरूको आस्वाद मैले लिँदै आएको थिएँ । यतिखेर त उहाँले ‘वासन्ती-बाला’ लगायत अन्य तीन छन्द- कविताका सँगाला र अर्को ‘किन्नरी’ गजलसंग्रह गरी पाँच कृतिहरूको प्रकाशन गर्नलागेको सुखद समाचार सुनाउँदै ‘वासन्ती-बाला’ सम्बन्धमा केही शुुभकामनाका शब्दगुच्छा मसित अपेक्षा गरेको सुनाउनुुभयो ।
सुुरुमा मैले उहाँलाई यो दायित्व वहन गर्न आनाकानी गरेँ तर उहाँले पुनः आग्रह गरेर पिडिएफ पठाइदिनुुभयो । अनि सो कृति सर्सर्ती पढेर उहाँको आँटिलो काव्ययात्रालाई मङ्गलं र शिवंको नादमा शुुभकामना भन्न पुुगेँ । साहित्यका विविध विधामा कविता कलाले भरिएको गेयात्मक सूूत्रात्मक संकथन हो । श्रीमद्धेवीभागवत महापुराणले साहित्यलाई उत्तम, मध्यम र अधम अर्थात् सात्विकी, राजसी र तामसी भनी तीन प्रकारले विश्लेषण गरेको छ :
साहित्यं चैव त्रिविधं स्वीयायां चोत्तमं स्मृतम् ।
मध्यमं वारयोषायां परोढायां तथाधमम् ।। (प्र.स्क.छैटौँ अध्याय श्लोक १४)
साहित्य तीन किसिमका हुन्छन्, जुन साहित्यमा स्वकीया नायिकाको वर्णन छ त्यस्तो उत्तम हुन्छ । जसमा वाराङ्गना वार्ता हुन्छन् ती मध्यम र जुुन साहित्य परस्त्रीका व्याख्यान र महिमामा लिप्त छ त्यस्तो सिर्जनालाई अधम भनेर वेदव्यासले ठोकुवा गर्नुुभएको छ । ‘वासन्ती-बाला’ स्फूटकाव्यभित्र विभिन्न वार्णिक छन्दका एकसय तीन र झ्याउरे लयका तीन गरी जम्मा एक सय छ संख्यामा कविता छन् । मूूलतः ‘वासन्ती’ भन्नाले चैत-वैशाखको सुुन्दर र मनोहर समयमा शोभामय बनेर हुर्कने फुुल्ने पूूmल, माधवी लहराहरू झुुलेका यामको संकेत गर्दछ भने वसन्तोत्सव, दुुर्गा, भवानी आदि पनि बुुझाउँछ । अर्को ‘बाला’ शब्दले नव युवती, किशोरी, प्रियतमा, कन्या र लहलह झुुलेका धान, गहुँका झुुप्पा फल र पुुष्पगुुच्छा आदिको झझल्को पनि मिन्छ ।
अनन्तका काव्यछटा शिवजीका जटाजस्तै छन् जहाँबाट निर्मल काव्यगङ्गा वेगवान् भएर प्रवाहित भएको छ । उहाँका कविता ऋतुुचक्रमा वक्र नभई गतिमान् वर्णनमा बगेको छ । महिना, दिन, बिहान, साँझ, निशा र प्रकृतिका विविध दिशाको सौम्य सुमधुुर आलङ्कारिक गुुञ्जनमा रमाएका छन् ।
नारीमा लगाउने धातुहरूका चुरा पनि बाला नै हुन् । दुुई दर्जन शास्त्रीय छन्द र केही नेपाली झ्याउरे शैलीमा बस्नेतका कविताहरू अभिव्यञ्जित भएका छन् यो संग्रहमा । मूूलतः शादूूलविक्रीडित छन्दका अठ्ठाईस, वसन्ततिलकाका एघार भुुजङ्गप्रयातका दश, स्रग्धराका सात, शिखरिणीका ६, उपजाति पाँच, स्रग्विणिी चार, मन्दाक्रान्ता, उपजाति, शालिनी, चम्पकमाला, मालिनी, पञ्चचामर र झ्याउरेका तीन, यसैगरी इन्दिरा, दिक्पाल, मदिरा, अनुुष्टुुप, प्रमाणिका छन्दका दुुई छन् भने कुसुमविचित्रा, तोटक, इन्द्रवज्रा, इन्द्रवंशा, रुक्मवती आदिका एक कविता छन् ।
संस्कृतमा एउटा सूक्ति छ : ‘कविता वनिताचैव सरसा स्वयमागता । बलादाकृष्यमाणाचेत् सरसाविरसायते’ ।। अर्थात् कविता र वनिता (दुलही) रसले परिपूूर्ण भएर सहज वा स्वाभाविक रूपमा आए भने त्यो उत्तम हुन्छ, बलै ल्याउने अभ्यास गरिएमा निरस बन्दछ भनेर उल्लेख गरिएको छ । यही अन्तरबोधबाट अभिसिक्त कवि अनन्तले काव्यसँगालोमा मर्यादा राख्ने प्रयत्न गर्नुुभएको छ । अब कवि बस्नेतको कविता संग्रहका केही कविताहरूलाई प्रतिनिधि बनाएर लघुु चर्चातिर लाग्छुु ।
यस कृतिको नामकरणमा केन्द्रीय भूूमिका निर्वाह गरेको उनको पहिलो कविता ‘वासन्ती-बाला’ मन्दाक्रान्ता छन्दमा रचिएको छ । बस्नेत यी काव्याहारमा माधुुर्य गुण शालीन प्रणय तथावसन्त ऋतुको रमणीय प्राकृतिक सौन्दर्यको सौम्य परिवेशको चित्रोपम शैलीमार्फत कलमलाई कुुचीमा रूपायित गर्दै बोलेका छन्:-
लाली छर्दै अब विटपमा फूल फुुल्छन् गुराँस ।
बस्छन् सारा मुदित दिलमा, हुन्न कोही उदास ।।
त्यसैगरी अर्को शार्दूूलविक्रीडित छन्दमार्फत मानसिक उहापोह कोट्याउँदै विचलित मनोदशामा मान्छे प्रकृतिको शृंगारिक र चामत्कारिक छविछायाँमा रमाउन नसक्ने यथार्थ चोटिलो ढङ्गमा पस्किएका छन् जहाँ निराशाका छल्काहरू मडारिएको प्रतीति हुन्छ :
चाँदी वा दधिझैँ सफेद हिमले तान्दैन मेरो मन ।
फुल्छन् फूल हजार लाख वनमा फुुल्दैन मेरो मन ।।
त्यस्तै पाठक मनमस्तिष्कमा हलचल ल्याउन सफल ‘म एक्लो चखेवा’ कविताभित्र कवि प्रणय चेतमा आफ्ना दर्दहरू पञ्चचामर छन्दलाई आलम्बन बनाएर कति परिष्कृत तत्सम शब्दमा सुललित भाव कुुसुमझैँ मुस्कुुराएका छन् । उनको तीज शीर्षक कविता हाम्रा मौलिक संस्कृतिमा प्रचलित पर्वहरूको आगमन भनेको सुुरम्य प्रकृति, सत्प्रेम, सद्भावना र उल्लासको बिम्ब हुन् भनी कविको लेखनी अनुपमेय हुँदै यसरी बगेको छ ।
परिवर्तित प्रकृतिसँगै आउने पर्वहरू वास्तवमा एकाकार भएरै जनमानसलाई उद्वेलित गराइरहेका हुन्छन् भन्ने वास्तविकताको परिपुुष्टि गराएका छन् माथिका काव्यनिनादले । यसैगरी प्रमाणिका छन्दको ‘यो जिन्दगी’ शीर्षकमा लक्ष्यहीन जिन्दगीबारे कति घतिलो अनुुभूति छ । अर्को उल्लेखनीय सिर्जना प्रथम पुुरुष दृष्टिबिन्दुमा ‘प्रिय मदिरा’ शीर्षक राखी मदिरा छन्दमै रचिएको छ । एकातिर मदिरा- महिमा मनोरञ्जनात्मक, सुुस्वादु सत्य प्रकट गर्न सफल छ भने यसको दुुव्र्यसनबाट जीवनलाई पुुर्याउने गम्भीर प्रतिकूलतामा औँलो पनि ठड्याएको छ :
दिव्य सुुगन्धित अत्तरझैँ मधुु बासन छर्छ यो मदिरा
भित्र पसे अलौकिक अद्भूत भावन भर्दछ यो मदिरा
कविको अर्को जल्दोबल्दो अभिवादनात्मक शीर्षक ‘सबैमा नमस्ते’ कवितामा सूूर्योदयपश्चात्को प्रभाकालीन समयलाई ः प्रबोध, उत्साह र सौन्दर्यको हलचलको पावन क्षण ठम्याएका छन् । आदिदेव आदित्यको स्तवन र गरिमामा केन्द्रित हुँदै शङ्करको आत्मा सूूर्य धरधाममा झुुल्कँदाको चित्र खिचेका छन् । नौवटा ‘म’ शीर्षकका विविध भावमा सिर्जित कवितामध्ये अन्तिमको उनको प्रणयचेत झलमल्ल बनाउने सुुन्दर कविताका पङ्क्तिहरू पढेर कहिल्यै अघाइन्न उदाहरणार्थ :
तिम्रा उत्पल चक्षुमा प्रणयका काव्यांश लेख्दैछु म ।
तिम्रा प्रेमिल शब्दमा सुनहला भावार्थ खोज्दैछु म ।।
अनन्तका काव्यछटा शिवजीका जटाजस्तै छन् जहाँबाट निर्मल काव्यगङ्गा वेगवान् भएर प्रवाहित भएको छ । उहाँका कविता ऋतुुचक्रमा वक्र नभै गतिमान् वर्णनमा बगेको छ । महिना, दिन, बिहान, साँझ, निशा र प्रकृतिका विविध दिशाको सौम्य सुमधुुर आलङ्कारिक गुुञ्जनमा रमाएका छन् । मूलतः प्रकृति, संस्कृति, पर्व, हाम्रा मौलिक पहिरन, कला, आध्यात्मिक कपाटलाई सपाट प्रस्तुुत गर्न सफल छन् उनका काव्य-भारती । जिन्दगीका संघर्ष, जिजीविषा र विजिगीषा उतार्दै कोरोनाको चरम कहरलाई होसियार र उदार भएर काव्यमा अनुकूूल वाणी दिएका छन् ।जति पढ्दै गयो उति पढूँ- पढूूँझैँ लाग्ने उनको कविता प्रकृतिकेन्द्रित छ ।
प्रकृतिका पुजारी अनन्त शिष्ट विशिष्ट मिजासमा कसैप्रति जुुगुुप्सा, घृणा, कटुु प्रहार र घिनलाग्दो राजनीतिको गन्दगीबाट पर रही प्रकृतिमाताको आराधनामा लिप्त छन् । उहाँको लेखन शैलीमा भेटिएको सहजता, समुुचितता, शाब्दिक जमघट, कलात्मकता, अर्थालङ्कार र शब्दालङ्कारको घनत्व र आशुुत्व धाराप्रवाह देख्दा उहाँ भावी समय बृहत्तम काव्य लेखनका समर्थवान् अधिकारी बन्नुुहुनेछ भन्ने झल्को दिन्छ । अन्त्यमा अनन्तकुमार बस्नेतजीको काव्ययात्राले निश्चयनै सगरमाथा चुचुुरो चुम्नेछ ! शिवाः ते पन्थानः ! अस्तुु ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts