एजेन्सी । फ्रेन्च ओपन टेनिस प्रतियोगितामा महिला एकलतर्फ उपाधिका लागि पोलिस स्टार इगा स्वयटेक र इटालियन खेलाडी जास्मिन पाओलिनी भिड्ने हुनुभएको छ । सेमिफाइनलमा स्वायटेकले अमेरिकी स्टार कोको गौफ तथा पाओलिनीले रुसकी मारिया एन्ड्रेभालाई पराजित गर्नुभयो ।
विश्व नम्बर एक स्वयटेकले तेस्रो वरियाताकी गौफविरुद्ध ६-२, ६-४ को सहज जित दर्ता गर्नुभयो । यसैगरी १२औं वरियताकी पोओलिनीले एन्ड्रेभालाई ६-३, ६-१ ले हराउनुभयो । सन् २०१२ पछि सारा एरानीपछि पाओलिनी पेरिसको क्ले कोर्टमा फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी बन्नुभएको छ । पुरुष एकलतर्फ इटालीकै यानिक सिन्नर सेमिफाइनलमा प्रवेश गरिसक्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts