स्याङ्जा । भीरकोट नगरपालिका–१ बयरघारी खेलमैदानमा सञ्चालित तेस्रो खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक बयरघारी पिस युथ क्लबले जितेको छ । प्रतियोगितामा बयरघारीले राङखोला भलिबल क्लबलाई ३-० को सेटमा २५/२२, २५/२२ र २५/२१ अंकले पराजित गर्दै उपाधि जितेको हो ।
आयोजक बयरघारीले एक लाख १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको थियो । उपविजेतामा सीमित राङखोलाले ६५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो ।
प्रतियोगितामा न्यु होराइजन भलिबल क्लब तेस्रो बन्दै ३५ हजार रुपैयाँ र चौथो बनेको वालिङ भलिबल क्लबले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी उमेश सेञ्चुरी (बयरघारी), उत्कृष्ट स्पाइकर दर्शन गुरुङ (राङखोला), उत्कृष्ट सेटर देवेन्द्र परियार (बयरघारी), उत्कृष्ट ब्लकर लेशन गुरुङ (राङखोला) उत्कृष्ट कुइकर विवश पुलामी मगर (बयरघारी), उत्कृष्ट सर्भर रूपेश नेपाली (न्यु होराइजन), उत्कृष्ट डिफेन्डर दिवस रुचाल (बयरघारी) र इमर्जिङ खेलाडी आयुष थापा (न्यु होराइजन) लाई ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको खेल संयोजक सुरज खाँण ठकुरीले बताउनुभयो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संयोजक देवबहादुर गुरुङले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता