
काठमाडौं । आईसिसी टी-२० विश्वकपको समूह ‘सी’मा रहेको युगान्डाले पहिलो जित दर्ता गरेको छ। आफ्नो दोस्रो खेलमा बिहीबार बिहान पपुवा न्युगिनी (पिएनजी)लाई तीन विकेटले पराजित गर्दै युवान्डाले दुई अंक जोडेको हो।
यसअघि पहिलो खेलमा युवान्डा अफगानिस्तानसँग १२५ रनले पराजित भएको थियो।पिएनजीले दिएको ७८ रनको लक्ष्य युगान्डाले १८ दशमलव २ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो।
युगान्डाका लागि ५६ बलको सामना गर्दै एक चौकाको मद्तमा रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए। जुमा मियागीले १३ रन जोडेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
पिएनजीका लागि अले नाओ र नर्मन भानुआले समान दुईदुई विकेट हात पारे भने असद भालाले एक विकेट लिए।
टस हारेर सुरुमा ब्याटिङ गरेको पिएनजीले १९ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो। उसका लागि हिरि हिरिले सर्वाधिक १५ रन जोड्दा लेगा सियाका र किप्लिन डोरिगाले समान १२–१२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका थिएनन्।
युगान्डाका लागि चार जना बलरले समान दुई दुई विकेट लिएका थिए। अल्पेश रामजानी, कोशमास क्युवटा, जुमा मियागी, फ्रैंक न्युबगडाले समान दुईदुई विकेट लिएका थिए भने ब्रायन मसाबाले एक विकेट लिएका थिए।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच