म्याग्दी । बेनीमा सम्पन्न दुई लाख रुपैयाँ पुरस्कार रहेको ‘प्रथम म्याग्दी युवा कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताअन्तर्गत महिला भलिबलको उपाधि धादिङ स्पोर्ट्स क्लबले जितेको हो ।
तेह्र समूह सहभागी पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको गलकोट नगरपालिकालाई दुईका विरुद्ध तीनको सोझो सेटमा पराजित गरेको थियोे ।
पुरुषतर्फ बेनी नगरपालिका तेस्रो र रघुगंगा गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छ भने महिलातर्फको फाइनलमा धादिङले म्याग्दीको मंगला गाउँपालिका-२ सहश्रधाराको मालिका स्पोर्ट्स क्लबलाई सोझो तीन सेटमा पराजित गरेको थियो ।
बागलुङ नगरपालिका तेस्रो र म्याग्दी भलिबल संघले सान्त्वना पुरस्कार पाएको छ । पुरुषतर्फ प्रथम, दृतीय, तृतीय हुने समूहले पदक र प्रमाणपत्रसहित क्रमशः दुई लाख, एक लाख २० हजार र ५० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।
६ समूह सहभागी महिलातर्फको खेलका विजेता, उपविजेता, तेस्रो हुने समूहले क्रमशः ८० हजार, ६० हजार र २० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता